काठमाडौं , वैशाख २१ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले झापाकाे पत्रकारिता (आरम्भ देखि ०४०) पुस्तककाे विमाेचन गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित उक्त पुस्तक प्रधानमन्त्री प्रचण्डले शुक्रबार काठमाडौंमा विमाेचन गरेका हुन् । राष्ट्रिय सभागृहमा आयाेजित नेपाल पत्रकार महासंघको २७अौं महाधिवेशन उद्घाटन समाराेहमा झापाकाे पत्रकारिता (आरम्भदेखि ०४०) पुस्तककाे विमाेचन गरिएकाे हाे ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पुस्तकमा   झापाकाे पत्रकारिताको इतिहासकाे दस्तावेजीकरण, ०४० सम्मका अग्रज पत्रकारहरुकाे परिचय, महत्वपूर्ण अभिलेख, महासंघको हाल सम्मका कार्यसमितिको विवरण लगायतका विषय समेटिएकाे छ । कभर सहित २७६ पृष्ठकाे पुस्तकमा अग्रलेख,अन्तरबाेध खण्ड,संस्मरण/लेख खण्ड र अभिलेख खण्डमा इतिहासका विविध विषय समेटिएकाे छ ।

प्रधानमन्त्री प्रचण्ड , सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा , नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पाेखरेल र महासंघ काेशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुंगानाले शुभकामना व्यक्त गर्दै झापाकाे पत्रकारिता पुस्तक प्रकाशन गरेर महासंघ झापा शाखाकाे वर्तमान कार्यसमितिले रचनात्मक र उदाहरणीय काम गरेकाे भन्दै प्रशंसा गरेका छन् ।

सात दशक पार गरेकाे झापाली पत्रकारिताको बारेमा बुझ्न , खाेज अध्ययन अनुसन्धान गर्न चाहने जाे सुकैका लागि पुस्तक उपयाेगी हुने अध्यक्ष गिरीले बताए । पुस्तककाे सम्पादक अग्रज पत्रकार गाेपाल गिरी र राजबाबु शंकर रहेका छन् । अध्यक्ष  गिरीले पुुस्ततकका सम्पादक, लेखक पत्रकार ,प्रकाशनमा सहयाेग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । पुस्तककाे प्रकाशन सहयाेगी बिर्तामाेड नगरपालिका रहेकाे छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार