हल्दिवारी । हल्दिवारी गाउँ पालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलाई पति शोक परेको छ ।

उपाध्यक्ष मैनालीका पति लयप्रसाद मैनालीको ७५ बर्षको  उमेरमा आज साँझ ५.५८ वजे आकस्मिक निधन भएको हो ।

५ छोरी र २ छोराका अभिभावक मैनाली महेन्द्र माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत रहनु भएको थियो । मैनाली समाजमा आदर्श व्यक्तिको परिचय बनाउनु भएको व्यक्तित्व हुनुहुन्थ्यो ।

मुटुमा समस्या देखिएपछि आज ४ बजे बिर्तामोड स्थिति बि.एण्ड.सी अस्पताल विर्तामोड पुर्याएकोमा ५.५८ मा डाक्टरले मृत घोषित गरेको उपाध्यक्षका स्वकीय सचिव प्रलाद सिलवालले जानकारी दिएका छन् । उनका अनुसार भोलि बैशाख २३ गते आइतवार  मैनालीको अन्त्यष्टी गरिने छ ।

असल शिक्षक तथा सामाजिक व्यक्तित्व मैनालीको आकस्मिक रूपमा असामयिक निधन भएको खवरले हल्दिवारी डटकम परिवार स्तब्ध भएका छौँ ।

शोकाकुल परिवार प्रति शोक शहनको धैर्यधारण गर्ने शक्ति ईश्वरबाट प्राप्त होस् भन्दै उहाँको आत्माको चीर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार