हल्दिबारी, २४ बैशाख । हल्दिबारी गाउँपालिका वडा नं. २ जीवनबारी दक्षीण चिया बगानमा काम गर्ने चुराकुटु राजवंशी आर्थिक अभावका कारण उपचार गर्न नपाएर ओछ्यानमा रहेको पाइएको छ ।

विगत ३ बर्ष देखी बिरामी रहेका राजवंशी २०३३ सालमा जन्मेका भए पनि उनको अवस्था हेर्दा ८०–९० बर्षको देखिन्छ । घरमा कमाउने अभिभावक बिरामी भए पछी उनका हल्दिबारी मा.वि. मा पढ्दै गरेका छोरा छोरीले अध्ययननै छोडेका छन् । राजवंशीकी श्रीमतीले चिया बगानमा काम गरेको पैसाले खान सम्म नपुग्ने पएकोले उनि उपचार गर्न नसकेर ओछ्यानमै रहेका छन् ।

स्थानिय समाजसेवी जिवन तामाङ्गले उनको अवस्थाको बारेमा जानकारी दिदैं सवैलाई आर्थिक सहयोगको लागि अपिल समेत गरेका छन् । नेपालमै चर्चित हल्दिबारी गाउँपालिकाका एक मजदुर परिवार आफ्नो उपचार नपाएर मृत्यु कुरिरहेको अवस्था देख्नु लज्जास्पद कुरो भएको छ । अति बिपन्न चुराकुटु राजवंशीको परिवारलाई सवै पक्षबाट सहयोग पु¥याई दिन हल्दिबारी डटकम परिवार आव्हान गर्दछ भने आफ्नो बाबुको बिरामीका कारण अध्ययन अध्यापन छोडेका ति किशोर किशोरीलाई तुरुन्त पढ्ने बातावरण र उनको उपचारको तुरुन्त स्थानिय सरकारले ब्यवस्था मिलाउने छ भन्ने विश्वास लिएका छौं ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
6
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार