राजगढ , बैशाख । बाह्रदशी गाउँपालिका वडा नम्बर १ मा ५ दिने कृस्टल माला बनाउने तालिम सम्पन्न भएको छ ।

वडा महिला सदस्य निर्मला राईको अध्यक्षता एवं वडा अध्यक्ष टेकबहादुर सिंह राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तालिममा सहभागी लाई प्रमाणपत्र वितरण गरिएको थियोे ।
यहि बैशाख २० देखि २४ सम्म संचालन भएको तालीममा त्यस वडा भित्रका टोलसमुहबाट छानिएर आएका महिलादिदिबहिनीलाई कृस्टलको माला , पोते ,चुरा र औंठि जस्ता गरगहना बनाउन सिकाइएको समापन कार्यक्रम जानकारी दिएको थियोे ।
समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि वडा अध्यक्ष राजवंशीले सिकेको सिपलाई व्यवहार लागू गर्न र आत्मनिर्भर बन्ने तालीममा सहभागीलाई अनुरोध समेत गर्नु भएको छ ।
देशको बिकास बाटोघाटो ले मात्र नहुने जिकिर गर्दै जनताको जीवन स्तर नउठे ,भएका बिकासको औचित्य नहुने बताउदै  आफ्नो वडाबासीलाई जीवन स्तर उठाउने खालका सिपमुलक कार्यक्रमलाई वडाले प्राथमिकताकस साथ अगाडि बडाउदै लैजान प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।
तालीमको समापन कार्यक्रममा प्रमुख अतिथि राजवंशी ,वडा सदस्य एवं कार्यक्रमकि अध्यक्ष निर्मला राई , वडा सदस्य गायत्री ऋषिदेव , वडासचिव बागालाल राजवंशी ,प्रशिक्षक बालकुमारी भट्टराई , वडा महिला समुहकि सदस्यहरु प्रमिला बानिया ,देविमाया थापा, तालिममा सहभागी खुस्बु मगर लगायतले आ- आफ्नो  बिचार राख्नु भएको थियो ।
वडाको सिलिङ्ग बजेट ५० हजारको सहयोगमा बडा महिला समुहको आयोजनामा उक्त तालीम सम्पन्न भएको समुहकी अध्यक्ष सारदा उप्रेतीले जानकारी दिनु भएको छ ।
तालिम समापन कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य बिजयकुमार अधिकारीले गर्नु भएको कार्यक्रमको सहजीकरण वडा महिला समुहकी सचीव दिलु कोइरालाको रहेको थियो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार