झापाको झापा गाउँपालिकाले आफ्नो पालिकामा रहेका एकल पुरुषलाई समेत बार्षिक रुपमा भक्ता दिदै आएको गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत गजेन्द्र थपलियाले जानकारी दिनु भएको छ ।

गाउँपालकिाको निति तथा कार्यक्रम मार्फत ६० देखी ६७ बर्ष उमेर समुहका एकल पुरुष तथा ८४ बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई समेत प्रोत्साहन स्वरुप बार्षिक ६ हजार रुपैया दिदैं आएको थपलियाले जानकारी दिनु भयो ।

प्रमुख थपलियाका  अनुसार झापा गाउँपालिकाका गत आर्थिक बर्षमा ३८ जना एकल पुरुष तथा १७१ जना ८४ बर्ष भन्दा माथिका जेष्ठ नागरिकले प्रोत्साहन भत्ता लिएका थिए भने चालु आ.व. २०८०÷०८१ को बैशाख २४ गते सम्म २७ जना एकल पुरुष र १५०  जना जेष्ठ नागरिकले भत्त लिइ सकेका छन् ।

झापा गाउँपालिकामा १८७४ जेष्ठ नागरिकले सामाजिक सुरक्षा पत्ता लिई रहेको तथ्याङ्कले देखाउछ भने आर्थिक बर्ष २०८०÷०८१ मा ३४२५ जनाले सामाजिक सुरक्षा पत्त लिएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार