झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २ बस्ने ५४ बर्षिय मोहन प्रसाद दुलालको चट्याङ लागि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आज दिउँसो ४ : ५० परेको चट्याङले आफ्नो खेतवारीमा मल लगाउदै गरेको दुलाल घाइते भएका थिए ।

आज दिउँसो अचानक गड्याङगुडुङ संगै परको चट्याङ लागी उनको छाती तथा पेटको भागमा पिल्सिएको घाईते अबस्थामा निजको आफन्तले देखि उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा पुर्याएकोमा उपचारकै क्रममा अहिले बेलुकी ६:२० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिएका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार