नेत्र बिक्रम बिमली / झापा  । झापा  गाउँपालिकामा बार्षिक ३४२५ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत  गजेन्द्र थपलियाले   दिनुभएको जानकारी अनुसार चालू आर्थिक बर्ष २०८०/०८१ को चौथो त्रैमासिक  सम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३ हजार ४ सय २५ पुगेको छ । यो संख्या दिनप्रतिदिन बढदै गएको छ ।
नेपाल सरकारले प्रदान गर्ने ८ वटा कलस्टरका १२८२ पुरुष र २१४३ महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छ्न ।
झापा  गाउँपालिकाका ७ वटा वडाबाट पहिचान गरि पठाएका जेष्ठ नागरिक ,जेष्ठ दलीत ,एकल महिला ,विधवा ,पुर्ण अपांगता ,अति अशक्त र अपांगता ,दलित बालबालिका र लोपोन्मुख समुदायलाई नेपाल सरकारले तोके बमोजिमको सामाजिक सुरक्षा भत्ता पालिकाले प्रत्येक ३/३ महिनामा बैक मार्फत उनिहरुकै खातामा हालिदिने गरेको प्रमुख प्रशासकीय अधिकृत थपलियाले जानकारी दिनु भयो ।
पालिकाले उपलब्ध गराएको विवरण अनुसार ९१२ पुरुष र ९६२ महिला गरि १८७४ जना जेष्ठ नागरिकले मासिक ४ हजारकादरले जेष्ठ नागरिक भत्ता पाउने गरेका छ्न ।
त्यस्तै ६० देखि ६८ उमेर समुहका जेष्ठ दलित ५८ पुरुष र ४५ महिला गरि १०३ जनाले मासिक २३६० जेष्ठ दलित भत्ता प्राप्त गर्ने गरेको उपलब्ध विवरणमा जनाइएको छ ।
त्यसैगरी ३२० जना  एकल महिला र ५५४ जना  विधवा महिलालाई मासिक २६६० का दरले भत्ता उपलब्ध गराउदै आएको छ भने १३६ जना पुर्ण अपांगता भएका ७३ पुरुष र ६३ जना  महिलाले समेत मासिक ३९९० का दरले अपांगता भत्ता प्राप्त गरिरहेका छ्न ।
त्यस्तै अति अशक्त अपांगता भएका १२४ पुरुष र ८८ जना  महिला गरि २१२ जनाले मासिक २१२८ रुपैयाँ भत्ता प्राप्त गरिरहेको उल्लेख छ ।
त्यसैगरी दलित बालबालिका ७७ पुरुष र ६५ महिला गरी १४२ जनाले मासिक ५३२ रुपैयाँका दरले भत्ता पाउने गरेका छ्न भने  लोपोन्मुख जातिका ३८ पुरुष र ४६ महिला गरि ८४ जनाले मासिक ३९९० रुपैयाँ का दरले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै एकल ६० देखि ६७ बर्षका पुरुष र ८४ बर्ष माथिका जेष्ठ नागरिकलाई समेत वाषिर्क ६ हजार रुपैयाका दरले प्रोत्साहन स्वरुप भत्ता दिदै आएको छ ।
झापा  गाउँपालिकामा मात्र बार्षिक सामाजिक सुरक्षा भत्ता मार्फत ४ करोड ७० लाख भन्दा बढी खर्च हुने गरेको पालिकाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार