आईवाई डाईनामिक ग्रुपले `बा´ संग विद्यार्थी कार्यक्रम गर्ने भएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिका साथमा कार्यक्रम बा संग विद्यार्थी मार्फत सामाजिक र राजनैतिक अन्तरकृया गर्न लागेको ग्रुपका अध्यक्ष अभिषेक मिश्रले जानकारी दिए ।

आगामी जेठ ८ गते कन्काई नगरपालिका स्थित कन्काई उद्योग बाणिज्य संघको सभाहलमा कार्यक्रम गर्ने तयारी भएको बताईएको छ ।

बालबालिका संग सहजै घुलमिल हुन रुचाउँने ओलि राजनैतिक नेतृत्व मध्ये युवा पुस्तामा लोकप्रिय नेताका रुपमा परिचीत छन् । पुर्व प्रधानमन्त्री समेत रहेका ओलि झापा निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचित संघीय सांसद पनि हुन् ।

पछिल्लो समय राजनैतिक नेतृत्वहरु प्रती युवाको बितिष्णा बढ्दै गएको ,युवाहरुमा वैदेशिक मोह बढ्दै गएकाले कार्यक्रम मार्फत प्रेरणा दिन लागिएको अध्यक्ष मिश्रले बताए । कन्काई नगरपालिकाको सहयोग तथा जिल्ला बाल संजाल झापाको सहजीकरणमा आयोजना हुने कार्यक्रममा जिल्लाभरका १ हजार विद्यार्थी सहभागी हुने बताईएको छ ।

कार्यक्रममा झापा जिल्लाका १५ वटा पालिका बाट प्रमुख,उप-प्रमुख ,जिल्ला समन्वय समिति लगायत संघ संस्था का प्रमुख उपस्तिथ हुने बताईएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार