हल्दिबारी, २७ बैशाख । विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाले असल सासु, ससुरा र बुहारीलाई सम्मान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला उपसभापती मन्जु सिटौला (पोखरेल) को प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा हल्दिबारी उपशाखा क्षेत्रका १ र २ वडा मा रहेका एक जना ससुरा, दुइ जना सासु र चार जना बुहारीलाई नगद सहित दोसल्लाहा ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा असल ससुरा हल्दिबारी २ निवासी प्रेम प्रसाद उप्रेती, असल सासु हल्दिबारी २ निवासी अम्बिकादेवी घिमिरे र हल्दिबारी १ निवासी गोमादेवी नेपाल रहनु भएको छ ।

त्यसै गरि असल बुहारीमा हलिदबारी २ निवासी फुलमाया मगर राई र राधिका पौडेल रहनु भएको छ भने यसोदा दंगाल ढकाल र पवित्रा मगर सिवाकोटी हल्दिबारी १ रहनु भएको छ ।

सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि पोखरेलले नेपाल रेडक्रस सोसाइटीको विशिष्ट सदस्य भिम बहादुर श्रेष्ठ, कृष्ण प्रसाद प्रसाईं र तुलसी प्रसाद ओलीलाई प्रदान गर्नु भएको थियोे ।

उक्त सम्मान कार्यक्रमलाइ कार्यक्रमको प्रमुख अतिथि पोखरेल, उपशाखाका सभापती कर्णखर प्रसाईं, रेडक्रस जिल्ला सदस्य सर्मिला अधिकारी, हल्दिबारी २ नंं वडा कार्यवहाक अध्यक्ष रचना कुलुङ्ग राई, हल्दिबारी मा.बि. का प्र.अ. टंक बहादुर पाख्रिन, सम्मानित ब्यक्तित्व भिम बहादुर श्रेष्ठ र असल बुहारी सम्मान कार्यक्रमका दाता रमेश प्रसाद तिम्सिनाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको औचित्य माथी रेडक्रस अध्यक्ष कर्णखर प्रसाईंले प्रस्ट पार्नु भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य पुस्तकराज नेपालले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण सचिव हरिकृष्ण अधिकारीको रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार