haldibari.com
नेत्र बिक्रम बिमली / झापा  , २८  बैशाख  । झापाको झापा गाउँपालिकामा २०८० बैशाख १ गतेदेखि २०८० चैत्र १ गतेसम्म  २२३९ जनाले व्यक्तिगत घटना दर्ता गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत गजेन्द्र थपलियाका अनुसार  यो  बर्षमा  सम्वन्ध विच्छेद गर्नेको संख्या  अघिल्लो बर्षको तुलनामा बढेको छ  । उनका अनुसार अदालतबाट सम्वन्ध विच्छेद गरि विभिन्नि वडाबाट सम्वन्ध विच्छेदको प्रमाण पत्र लिनेको संख्या २७ पुगेको हो ।
त्यसैगरि एकबर्षमा ४४१ जोडीले बिबाह दर्ता प्रमाणपत्र लिएका छ्न भने १४२ पुरुष र १४२ महिला  गरि २८४ जनाको मृत्यु दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत थपलियाले जानकारी दिनु भएको छ ।
 त्यस्तै सोही अवधीमा ६१९ पुरुष र ६३८ महिला गरि १२५७ जनाको जन्म दर्ताभएको छ ।
 सोही अवधिमा १०१ परिवारका ३२७ जना अन्यत्रबाट बसाइँसराइ गरि झापा गाउँपालिका आएका छ्न भने १२८ परिवारका ४२८ जनाले झापा गाउँपालिकाबाट अन्यत्र गएको प्रमुख प्रसाशकीय अधिकृत थपलियाले जानकारी दिनुभयो ।
हेर्नुस् पूरा विवरण सहित :
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार