हल्दिवारी ,२८ बैशाख । शान्ति बाटिका महिला सहकारी संस्था हल्दीवारी – २ ले एकदिवसीय ” किशोरी शिक्षा तालिम ” को आयोजना गरेको छ ।

संस्थाकी अध्यक्ष सारदा लिङ्देनको अध्यक्षता एवं वडा नम्बर २ कि कार्यवाहक अध्यक्ष रचना कुलुङ्ग राईको प्रमुख आतिथ्यमा सम्पन्न तालीममा ८ वटा विद्यालयका ११ देखि १९ बर्ष समुहका ५२ जना किशोरी छात्राहरूको सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारीको सहकार्यमा भएको तालिममा प्रादेशिक अस्पताल भद्रपुरकी वरिष्ठ स्टाफ नर्स सीता भण्डारीले विद्यार्थी छात्राहरुलाई किशोरीहरुले अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धि विविध बिषयमा प्रशिक्षण दिएकी थिइन् ।

तालिममा प्रमुख अतिथि राई , कार्यक्रमकि अध्यक्ष लिङ्ग्देन , प्रशिक्षक भण्डारी लगायतले किशोरी अवस्था , स्वास्थ्य ,शिक्षा र सुरक्षाका चुनौती र समाधानका विषयमा मन्तव्य राख्नु भएको तालीमको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य संस्थाकि सदस्य कमला उप्रेती खरेलले गर्नु भएको तालिमको संचालन संस्थाकि व्यवस्थापक लिला उप्रेतीको रहेको थियोे ।

शान्ति वाटिकाले केहिदिन अगाडि नेरेसो हल्दिवारी उपशाखा , रास्ट्रिय एकता प्रावि र नवसृजना प्राविलाई एक एक थान डस्विन समेत बितरण गरेको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार