झापा ,२९ बैशाख  । नेपाल रेडक्रस सोसाइटी बाह्रदशी उपशाखाको आयोजनामा एक दिवसीय स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उपशाखा सभापति दयानन्द गोस्वामीको अध्यक्षता एवं बाह्रदशी ४ का अध्यक्ष महताव आलमको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा  २६०  जनाले सेवा लिएका थिए भने १४   जनाले रक्तदान गरेको रेडक्रसले जनाएको छ ।
स्पाइन एक्स सुपरस्पेसिलिटी हल्पिटल एण्ड ट्रमा सेन्टरका डाक्टर प्रेम बहादुर शाही ,डाक्टर केशबकुमार मण्डल ,डाक्टर नौसाद आलम अन्सारी ,डाक्टर अमरेन्द्र कुमार यादव र डाक्टर उपसना कोइरालाले  बिरामीको चेकजाँच गर्नुका साथै औषधि समेत निशुल्क बितरण गरेका थिए ।
शिविर उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि आलम , नेरेसो जिल्ला सभापति  लोकराज ढकाल ,  अस्पतालका  प्रसासन प्रमुख कमल खनाल लगायतले मन्तव्य राख्नु भएको थियोे ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार