पाेखरा/नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाकाे प्रारम्भिक साधारण-सभा एवं प्रथम अधिबेशन स्थानीय चिप्लेढुङ्गा,पाेखरा महानगरपालिका – ६ मा अवस्थित हाेटल द भिलेजकाे सभाकक्षमा आयाेजना गरि सम्पन्न गरिएको छ ।
प्रमुख अतिथि कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण र सुकुन्दामा दीप प्रज्वलन गरि उक्त प्रारम्भिक साधारण-सभा एवं अधिबेशनका साथै रक्तदान कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे साे समारोहमा बिशेष अतिथि प्रहरी वरिष्ठ उपरिक्षक – मुकुन्द मरासिनी र अतिथिहरू क्रमशः पाेखरा महानगरपालिका वडा नं. १० का अध्यक्ष राजेश गुरूङ्ग पाेखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मरासिनी,नेपाल रेडक्रस साेसाइटी गण्डकी प्रदेश सभापति –  सूर्यप्रसाद ढकाल,नेपाल रेडक्रस साेसाइटी कास्की जिल्ला सभापति – डण्डराज  शर्मा,रक्त सञ्चार प्रमुख अर्जुन ज्ञावाली,टाेल बिकास समिति गीताञ्जली मार्गका अध्यक्ष – बिष्णु शर्मा, नेपाल थाेक औषधी ब्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष – रूद्र मल्ल,नेपाल खुद्रा औषधी ब्यवसायी संघ कास्कीका अध्यक्ष – धिरज गाैतम,पाेखरा महानगरपालिका वडा नं. १५ का सदस्य – आशिष भण्डारी,नेपाल रेडक्रस साेसाइटी हेम्जा उपशाखाका सभापति – नेत्रपाणी भण्डारी र नेपाल थाेक औषधी ब्यवसायी संघ केन्द्रीय सदस्य – गाेपाल अधिकारी हुनुहुन्थ्यो ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई बिशेष अतिथि प्रहरी वरिष्ठ उपरिक्षक – मुकुन्द मरासिनीले दाेसल्ला ओढाएर र सभाध्यक्ष दिपेन्द्र अधिकारीले मायाकाे चिनाे बुद्धमूर्ति उपहार प्रदान गरि सार्वजनिक सम्मान गरिएको थियोे ।
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका पूर्वअध्यक्ष जितेन्द्रमान शाक्यद्वारा स्वागत गरिएको उक्त कार्यक्रमकाे सञ्चालन नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका सचिब विशाल अर्यालले गर्नुभएको थियोे । कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा १० जनाले रक्तदान गर्नुभएको थियोे ।
उद्घाटनकाे पहिलो सत्र समापन पश्चात् दिवा भाेजकाे आयाेजना गरिएको थियोे । साेकाे लगत्तै सञ्चालन भएको बन्द-सत्रले नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाकाे नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । जसमा – अध्यक्ष – दीपेन्द्र अधिकारी,उपाध्यक्ष – उपेन्द्र अधिकारी,सचिब – विशाल अर्याल,काेषाध्यक्ष – लेखनाथ रेग्मी, सदस्यहरूमा क्रमश: सुमन सापकोटा,महादेव अधिकारी,हिरामणी भूषाल,रामचन्द्र बगाले,कृष्ण खड्गा,प्रबाेध महताे काेइरी र कृष्ण के.सी. रहनु भएकाे छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार