नेत्र बिक्रम बिमली / झापाको झापा गाउँपालिकाले कक्षा ९ मा अध्यनरत ३४३ विद्यार्थीहरुलाई  साइकल वितरण गरेको छ ।
आज आइतबार पालिका भवनमा आयोजित कार्यक्रममा उनिहरुलाई
पालिकाको  २०८०/०८१ को शिक्षामा बिनियोजन गरिएको  बजेट मार्फत टेन्डरबाट ३९४ साइकल करिब  २९ लाख बराबरको  खरिद गरि  गाउँपालिका कार्यवाहक अध्यक्ष  अन्जु देवी थपलियाले वितरण गर्नु भएको थियो ।
शिक्षा शाखाको आयोजनामा भएको साइकल वितरण कार्यक्रममा बोल्दै    का.वा . अध्यक्ष थपलियाले  कोहि पनि विद्यार्थीले उच्च शिक्षाको लागि बिद्यालय जानबाट बन्चित नहोस् भनेर झापा गाउँपालिकाका ५ माध्यमिक विद्यालयका कक्षा ९ मा अध्यान गर्ने विद्यार्थीलाई  साइकल उपलब्ध गराएको बताउनु भयो ।
झापा गाउँपालिका का  अध्यक्ष जयनारायण शाहले अगाडि बढाउनु भएको शिक्षा ,स्वास्थ जस्ता कुरालाई निरन्तरता दिने बताउदै थपलियाले शिक्षामा सुधार ल्याउन कक्षा ८ देखी १० सम्मका सामुदायिक बिद्यालयमा अध्यान गर्ने विद्यार्थीलाई निशुल्क कोचिङ्गको व्यवस्था समेत गर्न लागेको बताउनु भएको छ ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले शिक्षामा ३ करोड भन्दा बढी गाउँपालिकाले लगानी गरेको बताउदै  , साइकल वितरण गर्न थालेपछि बिद्यालयमा छात्राहरूको संख्या बढदै गएकोले कार्यक्रम  फलदायी बन्दै गएको बताउनु भयो ।
साइकल वितरण कार्यक्रममा वडा न ७ का अध्यक्ष सखिचन्द्र मण्डल , शिक्षा समिति सदस्य सुन्दर लाल गणेश , शिक्षक महासङका टीका प्रसाद कट्टेल लगायतले मन्तव्य राख्नु भएको थियोे ।
शिक्षा शाखा प्रमुख जीवन प्रसाद ढकालले स्वागत तथा कार्यक्रमको औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा डिल्लीराज माविका १३५ , जनता माविका १३१ , जनकल्याण माविका ३५ ,कुवाडी माविका २८ र महेन्द्र माविका २४ छात्रछात्रालाई  साइकल पालिकाको निति तथा कार्यक्रम मार्फत शिक्षामा छुट्टाएको बजेटबाट वितरण गरिएको हो । झापा गाउँपालिकामा २०७५ सालदेखि अध्यक्ष जयनारायण शाहले साइकल छात्राहरुलाई दिदै आएकोमा आफ्नो दोस्रो कार्यकालमा भने छात्रछात्रा दुबैलाई दिन शुरु गरिएको छ ।
बहुसंख्यक मुस्लिम ,आदिवासी , बिपन्न परिवारको बसोबास रहेको झापा गाउँपालिकामा  १२ सम्म अध्यन गर्ने विद्यार्थीलाई समेत छात्रवृत्ति दिदै आएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार