अर्घाखाँची । लुम्बिनी प्रदेशकी पूर्वसासंद निर्मला क्षेत्रीको पहलमा अर्घाखाँचीका आगलागि पीडितहरुलाई राहत वितरण गरिएको छ । जिल्लामा गत चैत २४ देखि वैशाख २६ गतेसम्म भएको वन डढेलोका कारण वस्तिमा पुगेको आगोले त्यहाँका स्थानीय बासिन्दाहरु घरबार विहिन बन्न पुगेका थिए ।
पूर्वसांसद क्षेत्रीको पहलमा जिल्लमा पहिलोपटक आगलागीबाट पीडित बनेका २६ घरपरिवारहरुलाई खाद्यान्न, लत्ताकपडा लगायतका सामानहरु वितरण गरिएको छ । पीडित परिवारहरुलाई थोरै भएपनि राहतको अनुभूति मिलोस् भन्ने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा उक्त राहत सामग्री हस्तान्तरण गरिएको पूर्वसांसद क्षेत्रीले बताउनुभयो ।
जिल्लाको भुमिकास्थान नगरपालिका वडा न- १,३ ४ र ५ मा क्रमस: वितरण गरिएको बताइएको छ । मालारानी गाउँपालिका वडा न-२ ५, शितगंगा नगरपालिका वडा न- ५, पाणिनी गाउँपालिका ३ र ८, छत्रदेव गाउँपालिका वडा न- ४ र ५, सन्धिखर्क नगरपालिका वडा न-२ मा आगलागि पीडितको घरमा पुगेर घरबारविहिन परिवारको दिगो रुपमा पुनःस्थापनाका लागि राज्य जिम्मेवार हुनुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
सांसद क्षेत्रीले भन्नुभयो- प्राकृतिक विपत्तिको घडिमा मानव जीवनमा आएको गम्भीर समस्यामा सबै क्षेत्र र दलहरु एकभएर जनताको सेवामा खट्नुपर्नेमा जोड दिनुपर्छ उहाँले भन्नुभयो । नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजना र टेवा नेपालको सहयोगमा उक्त राहत सामाग्री जनप्रतिनिधिहरुको रोहवरमा वितरण गरिएको हो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार