बनियानी । झापाको कचनकवल गाउँपालिका – ३ मा निशुल्क व्यामशाला संचालन गरिएको छ ।

वडा नम्बर – ३ को सिलिङ बजेट र गाउँपालिकाको बजेट मार्फत करिब १२ लाखमा व्यामशाला संचालन गरिएको वडा अध्यक्ष ग्यास अजमल मियाँले बताउनु भयो ।

वडाको नीति तथा कार्यक्रम मार्फत व्यामशाला संचालनमा आएपछि त्यहाँका युवाहरुले खुशी व्यक्त गरेका छ्न । व्यामशालामा बेलुकी महिलाहरुको लागि समय निर्धारण गरिएको छ भने बिहान पुरुषहरुको लागि छुट्टाएको वडा अध्यक्ष मियाँले बताउनु भयो ।

एकपटकमा १५ जनाले राम्रो सग व्याम गर्न सक्नेछ्न । वडा नम्बर ३ को नयाँ बजार पथरिया माविको छेउमा व्यामशाला संचालन गरिएपछि व्याम ( जिम ) गर्नेको संख्या उल्लेखनीय रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार