कहिले फूल बनेर बगैचामा तिमी ,
मुस्कुराएर त हेर ,
कहिले आफै भवरा बनेर ,
त्यही फूलमा गुनगुनाएर त हेर ।

मुर्झाउन छोडेर तिमी ,
मुर्झाएको अनुहारमा ,
मुस्कान ल्याएर त हेर ,
जो पाएकै छैन जीवनमा तिमीले ,
त्यो अरुलाई बॉडेर त हेर ।

सुन्न नसकेको छ कोही तिमीलाई ,
काश, तिमीले अरुका दुख सुनेर ,
उसलाई खुशी दिएर त हेर ,
नभए नै कोही तिम्रो ,
तर तिमी नै कसैको भएर त हेर ।

ज़िन्दगीमा पायौ जो संगीत ,
त्यसलाई तिमी गुनगुनाएर त हेर ,
बेसुर नै किन होस ,
गाउन सक्ने हो ,
मूल्य यसको बुझेर त हेर ।

भाग्यमानी हो हेर्न सकिने छ
संसारमा आएर पनि ,
जो संसार हेर्न सक्दैन ,
उसको दुख तिमी बुझेर त हेर ।

गुनसो नै गरिरहने हो
ईश्वर संग पनि ,
कहिले उसलाई पनि धन्यवाद गरेर त हेर ,
सुनिरहने हो प्रभुको दुख आफ्नो ,
कहिले उनको पनि दुख सुनेर त हेर ।

देखेर पनि जीवनमा ,
कहिले केही ,
अनदेखा गरेर त हेर ,
ज़िन्दगी हो एक लाचार गीत ,
यसलाई गुनगुनाएर त हेर !
– देवेन्द्र किशोर ढुङगाना
झापा, भद्रपुर ( नेपाल )

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार