कविता : “ध्यान देउ”

सत्य कुरा गर्दिनाले ,कुरा बन्ने छ ,
तर मनमा साचेर राखे ,
दर्द बन्ने छ ,
यही दर्द एक दिन
विकराल रूप लिएर,
मानसिक व्यग्रताको
शिकार बन्ने छ ।

बादलको बून्द झै
घरबाट बाहर निस्क ,
पुरानो साथीसंग भेट
केही नयाँ साथी बनाउ ,
,सबै केही -न-केही
भन्न -सुन्न चाहन्छ
,केही सुनेर-सुनाएर
सुमन झै मुस्कुराउ ।

एक-अर्कालाई सम्झिदा
गन्तब्य सहज हुने छ ,
निराशा दूर भाग्ने ,
आशाको रोशनी देखिने छ ,
कहिले -काही -बसेर
कुरा साँझा गर्नाले ,
एक अर्काको सल्लाहले
समस्या दूर हुने छ ।

मौन अभिशाप बन्न नदेउ, ध्यान दिनु है ,
सानोलाई प्यार, ठुलालाई
मान-सम्मान दिनु है ,
उपकार गर कसैको
ख़ुशी दिनु त्यो उत्तम ,
कसैको दिल न दुःखोस ,
ध्यान दिनु है ।

– देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, झापाकविता :

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार