जनकपुरधाम । दोहोरो नागरिकता आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा ल्याइएको छ ।

मंगलबार काठमाडौंस्थित कान्तिपुरको मुख्यालयबाट पक्राउ परेका सिरोहियालाई आज बिहान धनुषा ल्याइएको हो । उनी अहिले धनुषा प्रहरीको हिरासतमा छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई आजै जिल्ला अदालत धनुषामा पेस गर्ने तयारी छ । नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा वैशाख १६ मा किटानी जाहेरी दिएका थिए । जिल्ला अदालते उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएपछि उनी पक्राउ परेका थिए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार