बालबालिकालाई राजनितिक तर्कातर्किबाट टाढा राख्नु पर्ने बताइन्छ । गत्यारोध, बाधा र तरंगबाट टाढा राख्दा बालबालिकाको मन स्वच्छ हुने बताइएको हो । मानिसको आफ्नो अभिरुचि, गोपनियता र सुरक्षा विभिन्न इन्टरनेटबाट भंग हुने हुँदा त्यस किसिमको सामाजिक सञ्जाल प्रयोग गर्नबाट बाबु आमा नै अग्रसर हुनु पर्ने बताइन्छ । राजनीतिक तनाव बालबालिकाले कसरी लिन्छन् भन्ने मूल प्रश्न रहेको मनोवैज्ञानिक चिन्तक हरुको रहेको छ ।

साइबर स्पेशमा खराब असल दुवै कुराको मिश्रण हुने गर्दछ । हाम्रो अबधारणा खराब सञ्जालबाट दुरुत्साहन गर्नु पर्ने देखिन्छ । त्यसो त भर्खरका यूवामा यौन ज्ञान, शारिरीक स्वास्थ्य, पोषण र मानसिक स्वास्थ्यको बारेमा उत्सुकता हुने गर्दछ । अध्ययनले यूवामा अनुसन्धानात्मक प्रयोग भन्दा मनोरञ्जनात्मक रुपमा प्रयोग हुने बताएका छन् । केही सरसंगीविच विचार आदान प्रदान गर्न पनि उनीहरुले इन्टरनेटको प्रयोग गर्ने गरेका छन् ।

अनलाइनमा केही नयाँ संञ्चार सामाग्री सुन्न, पढ्न बालबालिकालाई उत्प्रेरणा दिइनुपर्ने विज्ञहरुको सुझाव छ ।

सामाजिक सञ्जाल चलाउनमा बालबालिकालाई अन्याय गर्ने हो भने बखेडा श्रृजना हुन्छ । अध्ययन सम्बन्धि गहन खोज, किताबी कुरा पाइनुले इन्टरनेट लाभदायक छ ।

कतिपय समयमा अभिभावक, साथी को सम्बन्ध विग्रिएका उदाहरण पनि छन् ।
आफ्ना नानीहरुको ध्यान पढ्नमा जाँदै छ कि अरु भयंकर कुरामा नजिकिएका छन् अभिभावकको निगरानी हुनुपर्ने विज्ञहरुको राय सुझाव रहेको छ ।

प्राविधिक हिसाब भन्दा सामाजिक सञ्जालमा राजनीतिक विचार विमर्शहरु धेरै रुपमा पस्किएको पाइन्छ । पारिवारीक सदस्यहरु आफ्ना बालबालिकालाई राजनीति भन्दा टाढा राख्न चाहान्छन् ।

उनीहरुलाई पढाईमा ध्यान दिन सल्लाह दिइन्छ । राजनीतिक तनाव, बखेडा, उत्तेजना, भनाभनबाट यूवालाई टाढा राख्नु अभिभावकको दायित्व हो ।

सामाजिक सञ्जालले बालबालिका लागि मात्र भनेर वेभ सर्फेस बनाएका पनि छन् । उनीहरुले सक्रिय रुपमा यसो गरेका हुन् ।

कुनै नकारात्मक प्रभाव बालबालिकामा नहोस भनेर अभिभावक समाचारको श्रोत हेर्न तत्पर रहनुपर्छं । बालबालिकाको गोपनियता भंग गर्ने, उनीहरुलाई सचेत पार्ने र पढ्ने बानि बसाल्ने काम अभिभावकको हो सामाजिक सञ्जाल त आकाश गंगा हो यहाँ नकारात्मक, सकारात्मक दुवै कुराको लामो श्रृंखला हुने गर्दछ ।
एजेन्सी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार