भद्रपुर । उभौली पर्वको अवसर पारेर कस्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान भद्रपुर नगर समितिले सामूहिक गोठधुप तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिष्ठानका नगर अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको प्रमुख आतिथ्यमा २ जना जेष्ठ बन्धुलाई सम्मान तथा सामूहिक गोठधुप सम्पन्न गरिएको हो ।

भद्रपुर ९ स्थित अमरबहादुर अधिकारीको घरमा सम्पन्न कार्यक्रममा जेष्ठ बन्धु कृष्णबहादुर अधिकारी र रामकुमारी अधिकारीलाई सम्मान गरिएको थियो ।

नगर समितिका उपाध्यक्ष यमनाथ अधिकारीले स्वागत गरेको कार्यक्रममा केन्द्रीय महासचिव चिरञ्जीवि अधिकारी, कोषाध्यक्ष निमेश अधिकारी, संस्थापक अध्यक्ष ख्यामराज अधिकारी, जग्गादाता रेखा अधिकारी लगायतले मन्तव्य राख्दै बन्धु एकतामा जोड दिएका थिए ।

नगर सचिव भिम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा नगरको गतिविधि र आगामी रणनीति बारेमा अध्यक्ष देवीप्रसाद अधिकारीले प्रष्ट पारेका थिए ।की थिइन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार