जेष्ठ १० काठमाडौं । बुढानिलकण्ठ नगरपालिका ६ हात्तीगौडास्थित न्यु बाल गृहले आफ्नो २२ औ बार्षिकउत्सव तथा सामाजिक परिक्षण कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । बिहिवार न्यु बाल गृह परिसरमा औपचारिक कार्यक्रमको आयोजना गर्दै २२ औं बार्षिकउत्सव तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको बालगृहकी अध्यक्ष उर्मिला नेपालि ढुंगानाले जानकारी दिनुभयो ।

बाल गृहको संस्थापक अध्यक्ष स्व. बिक्रम ढुंगानाको स्मरणमा मौनधारण गर्दै सुरु गरिएको कार्यक्रममा न्यु बाल गृहकी अध्यक्ष उर्मिला नेपाली ढुंगाना, समाजकल्याण मन्त्रालयका प्रतिनिधि, समाज कल्याण परिषदका प्रतिनिधि, राष्ट्रिय महिला तथा बालअधिकार परिषदका प्रतिनिधि , स्थानीय जनप्रतिनिधि र मिलिजुली परिवारका प्रतिनिधिहरु सहित अन्य सामाजिक ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले न्यु बाल गृहले समाजमा साहारा बिहिन बालबालिकाको अभिभावकत्व बहन गर्दै महत्त्वपूर्ण योगदान पुर्‍याउदै आएकोप्रती उच्च प्रशंसा गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य, गित गजल प्रस्तुत साथै अतिथिहरुलाइ मायाको चिनो प्रदान गरिएएको थियो ।

स्व. बिक्रम ढुंगानाले २०५९ सालमा बाट संचालनमा ल्याएको न्यु बालगृहमा हाल २२ जना बाललबालिका आश्रति रहेको बालगृहकी अध्यक्ष उर्मिला नेपालि ढुंगानाले जानकारी दिनुभयो । बालगृह विभिन्न सहगोगी हातहरुको सहयोगमा नै संचालन हुँदै आएको छ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार