सलमान खान एक हिन्दी चलचित्रका नायक हुन् । उनी चलचित्र लगानीकर्ता पनि हुन् । उनी एक सफल टेलिभिजन कार्यक्रमका प्रस्तोता हुन । सलमान खान स्न १९८८ मा निकालिएको ‘बीवी हो तो ऐसी’ हिन्दी चलचित्रबाट सहायक अभिनयमा प्रस्तुत भए ।

सन् १९८९ मा उनैद्वारा अभिनित “मैने प्यार किया” चलचित्रले सलमान खानलाई हिन्दी चलचित्रको छितिजमा पु¥यायो । सुरज बर्जत्याद्वारा निर्देशित सिनेमा ताराचन्द बर्जत्याले लगानि गरेका थिए । उक्त सिनेमा राजश्री प्रोडक्सनले दर्शकमाझ वितरण गरेको थियो ।

पारिवारिक बन्धनमा भन्दा पनि मायामा कति सात्विक शक्ति हुन्छ भन्ने फिल्ममा देखाउन खोजिएको छ । फिल्ममा नायिका भाग्यश्रीको पनि बजोड प्रस्तुती रहेको छ ।

सलमान खानलाई सोधिएको तपाईँ कुन चलचित्र मनपराउनु हुन्छ भन्ने प्रश्नमा उनले “मैने प्यार किया”का केही दृश्यांकनका बारेमा भन्न चाहेको बताइएको छ ।

कबूतर जा जा गीतकोे कहानी यो गीतको छायाँकन गर्दा सलमान खान १८ वर्षका थिए र उनी सुटिङ्गको बेलामा रोएको बुझिएको छ । सलमानले विचार गरे गीतको मर्म सलमान खानको लागि थियो । सलमानले भनेका छन् “केही गोप्य मेरो बारेमा छायाँकन गरिएका छन् भने म ज्याकिश्राफ र अनिल कपुर लाई सम्झिन्छु । अनि भूमिका निभाउँछु ।”

उनले त्यति बेला ठूलो चलचित्रको आशा नगरेको र आँखामा आँसु आएको बताएका छन् । राजश्री प्रोडक्सनले सलमान खानलाई नै फिल्मको नायक चुनेको थियो । भाग्यश्री र सलमानद्वारा अभिनित चलचित्र सुपर हिट भएको थियो भने भाग्यश्रीले केही वर्ष पछि विश्राम लिइन् ।

त्यस लगत्तै सलमानले कुनै सर्वोत्कृष्ट चलचित्रमा अभिनय नगरेको आइफा अवार्ड २०२२ मा उनले बताए । यस चलचित्र पछि भाग्यश्रीले सलमानखानसँग प्रेम सम्बन्ध रहेको र विवाह प्रस्ताव राखेको हल्लाहरु सुन्नमा आए ।

छ महिना पछि सलमानले “देवता समान आदमी” मा अभिनय गरे र हिन्दी सिने जगतका लगानीकर्ता जीपी सिप्पीले सलमानलाई चलचित्रको छनौटमा लिए ।
एजेन्सी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार