झापामा अत्यधिक गर्मीका कारण दुईजनाको मृत्यु भएको छ । मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै एक जना पैदल यात्रीको मृत्यु भएको छ । आज अपराह्न ५:३० बजेतिर मेचीनगर–९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिमाई पुल छेउमा लडिरहेको अवस्थामा भेटिएका थिए ।

मेचीनगर ९ का वडा सदस्य धनबहादुर श्रेष्ठका पिता नरबहादुरलाई स्थानीयले अचेत अवस्थामा देखेर उपचारका लागि मेची आम्दा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । छिमेकीका अनुसार आज दिउँसो धुलाबारीमा आयोजना गरिएको भोजमा सहभागी भएर उनी घर फर्किएको हुन सक्ने अनुमान गरिएको छ । स्थानीयले अत्यधिक गर्मीका कारण नरबहादुरको मृत्यु भएको अनुमान गरेका छन् ।

त्यस्तै आज अपराह्न बुद्धशान्तिको जयपुरमा एक बेवारिसे शव फेला परेको छ । मागिखाई हिँड्ने अन्दाजी ६०–६५ वर्षका पुरुष बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गर्मीका कारण उनी पनि ढलेको हुनसक्ने आशङ्का गरिएको छ । आज झापामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
5
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार