हल्दिबारी, १२ जेठ । पानि पोखरेल कुल वंश प्रतिष्ठान हल्दिबारी शाखाले गोठ पुजा तथा माता पिताको संम्मान कार्यक्रम गरेको छ ।

प्रतिष्ठानका केन्द्रिय अध्यक्ष प्रम प्रकाश फलहारीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा तत्कालिन जलथल गा.वि.स.का अध्यक्ष डिल्ली शर्मा पोखरेल, जेष्ठ माता पिंगलादेवी पोखरेल, पवित्रा पोखरेल, शिव प्रसाद पोखरेल, मायानाथ पोखरेल लगायतलाई दोसल्लाहा होढाएर उक्त अवसरमा सम्मान गरिएको थियो । उक्त सम्मान कार्यक्रमलाई प्रमुख अतिथि फलहारी, हल्दिबारी गा.पा. वडा नं. ४ का अध्यक्ष सन्त कुमार थापा, बाह्रदर्शी संस्थापक अध्यक्ष तोयानाथ पोखरेल, भद्रपुर नगर अध्यक्ष लक्ष्यमण पोखरेल लगायतले मन्तव्य राख्नु भएको थियो ।

पानि पोखरेल कुल वंश प्रतिष्ठानका अध्यक्ष भरत पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रतिस्ठानका उपाध्यक्ष महेन्द्र पोखरेलले राख्नु भएको थियो भने कार्यक्रमको संचालन तुलसिराम पोेखरेलको रहेको थियो ।

पानि पोखरेलको हकहितको लागि खोलिएको प्रतिष्ठानले हल्दिबारीमा रहेका पोखरेल परिवारको पहिचान गरि ऐकवद्धता गर्ने उद्देश्यले प्रस्ठिान गठन गरिएको जनाइएको छ । हाल हल्दिबारी गाउँपालिका भित्र ५१ पानि पोखरेल परिवार रहेको छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार