भद्रपुर । पछिल्लो समय झापाका सिमावर्ती क्षेत्रमा अवैध कारोवार मौलाएको छ । नेपाल तथा भारतका सुरक्षा जिम्मेवारी लिएका प्रहरीले नियन्त्रण प्रयास गरेको दाबी गरे पनि रातारात प्रहरीकै मिलिभगतमा भारतबाट नेपाल तर्फ सुर्तीजन्य पदार्थ, कपडा, मेसिनरी पार्टपूर्जा, विभिन्न किटनासक रसायन, चप्पल जुत्ता बस्तुहरु भित्रिरहेको अवस्था छ भने सुपारी, चुरोट, ओखर, विभिन्न कस्मेटिक आइटम, बहुराष्ट्रिय कम्पनीका विभिन्न उत्पादन, काठ लगायत सामग्री भारत तर्फ गइरहेको सिमावर्ती क्षेत्रका स्थानीयले बताउने गरेका छन् ।

नेपालमा ल्याउन प्रतिबन्धित रहेका रञ्जनीगन्धा, राजनिवास, गुट्खा, बिडी, तयारी खैनी, जस्ता सुर्तीजन्य पदार्थ अवैध रूपमा भित्रिएर झापाका बजारमा छ्यापछ्याप्ती पाइने गरेको छ । राजश्व छलेर व्यापारिक समूहले नेपाल ल्याएका यस्ता सामग्री बजार मूल्यभन्दा चारगुना बढीसम्ममा बेचिने गरे पनि प्रहरी प्रशासनले बिक्रेता लक्षित कारवाही समेत गरेको छैन ।

झापासित जोडिएका सीमावर्ती भारतीय बजारबाट अबैध बाटो प्रयोग गरी नेपाल ल्याइएका अधिकाम्स सामग्री साविक मूल्यभन्दा अधिक मोल लिएर बेचिने गरेका छन् । उत्तरी झापाको बाहुण्डाँगी, नकलबन्दा, ज्यामिरगढी, दक्षिण पश्चिम भद्रपुरका विभिन्न गौंडाहरू, पाठामारी, केचना, घेरावारी, पिण्डलवारी, कुमरखोद, झापा, टागनडुब्बा, गौरीगञ्ज लगायत दर्जनबढी स्थानबाट अबैध सामग्री भित्रने गरेको स्थानीय बताउँछन् । सय रूपैयादेखि हजारौं रूपैयासम्म बुझाएर भन्सार छल्न व्यपारीले चोरी नाका प्रयोग गर्ने गरेको स्थानिय बताउछन् । कतिपय नाकाबाट भारतीय क्षेत्रमा रहेका व्यक्तिहरूलाई नेपाल ल्याउन उपयोग गरिने गरेको समेत जनाइन्छ ।

भारतको बिहार राज्यको गलगलिया, ठाकुरगञ्ज, किसनगञ्ज नाका भएर भद्रपुर हँुदै प्रमुख रुपमा लत्ताकपडा, चिया उद्योगको प्याकिङ्गका सामग्री तथा मेशिनरी पार्टस्, प्लाइउड, उद्योगको पाटपुर्जाको केमिकल , फलफूल र खेतीपातीमा प्रयोग हुने विषादि, सूर्तिजन्य पदार्थ, चप्पलजुत्ता, हार्डवेर तथा रंगरोगनका सामाग्री अवैध बाटोबाट अत्यधिकरुपमा आयात हुने गरेको छ ।

यसअघि भद्रपुर भन्सार हुँदै आयात निर्यात गर्ने व्यवसायीहरुले प्रज्ञापनपत्र आफै भर्ने गरेकोमा केही केही वर्षयता लाइसेन्स र कानुनी मान्यताप्राप्त भन्सार एजेन्टहरुले काम शुरु गरेको कार्यालयले जनाएको छ । भद्रपुर भन्सार कार्यालयको मातहतमा पाठामारी, केचना, घेरावारी पन्थापाडा र कुमरखोद गरी पाँचवटा छोटी भन्सार कार्यालय रहेपनि सवै छोटी भन्सार कार्यालय सञ्चालनमा आउन सकेका छैनन् ।

भारतसित जोडिएको १ सय ४५ किलोमिटर खुला सीमा रहेको झापामा ९ सय ९५ सीमा स्तम्भ र २१ वटा सशस्त्र विट रहेका छन् । भद्रपुर, कचनकवल, जलथल हुदै दैनिक लाखौ मुल्यको माथि उल्लेखित सामाग्रिहरु भन्सान कर्मचारी, प्रहरी र राजनितिक दलका नेताहरुकै मिलेमतोमा कराेडाैं रुपयाकाे राजश्व छली गरि सामाग्रीहरु भित्रिने गरेको छ । भद्रपुर नाका हुँदै को कोल्ले राजनितिक पहुचकै आधारमा प्रतिदिन कराेडाैं रुपैयाको राजश्व छली गरि सामान भित्र्याउदै छन् त ?

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार