समिर न्याैपाने ।  भारतीय चलचित्रका चर्चित निर्देशक पायल कपाडियालाई ७७ औं फ्रान्सको कान्स फिल्म समारोहमा शनिवार अवार्ड मिलेको छ ।

उनले उक्त अवार्ड “अल वि इमेजन एज लाइट” चलचित्रबाट हासिल गरेकी थिइन । उक्त अवार्ड मिल्ने प्रथम हिन्दी चलचित्र हो । चलचित्रलाई क्यान्समा ‘पाम डी’ओर’ विधा अन्तर्गत मे २३ मा प्रदर्शनमा ल्याइएको थियो । यो भन्दा पहिले १९९४ मा हिन्दी कथानक चलाचित्र ‘स्वाहम’ लाई यो विधामा छनौट गरिएको थियो ।

२०१७ र २०२१ का पायल कपाडियाका चलचित्रहरु
उनी चलचित्र तथा टेलिभिजन संस्थान पुनामा पढ्थिन । ुआफ्टरनून क्लाउड्सु यस्तो सानो चलचित्र हो जो एक्लै ७० औं क्यान्सको विधामा छनौट भएको थियो ।
त्यस्तै २०२१ मा डम्युमेन्ट्री ुअ नाइट ऑफ नोइंग नथिंगु लाई “डाइरेक्टर्स फर्टनाइट क्याटोगरी” मा चुनिएको थियो । यसै डकुमेन्ट्रीलाई वेष्ट डकुमेन्ट्रीको अवार्ड मिलेको थियो ।

“अल वि इमेजन यिज लाइट” चलचित्र
अनु र प्रभा मुम्बइमा बस्ने केरलाका दुई नर्स हुन । उनीहरु एकै फ्ल्याटका सहपाठी हुन । प्रभा आफ्नो श्रीमानको प्रतिक्षामा हुन्छिन् भने अनु मुस्लिम केटाको प्रेम प्रसंगमा जोडिएकी हुन्छिन् ।
उमेरको वृद्विसँगै आफ्नो भविष्य खोज्न उनीहरु शहरमा भौतारिने कथा कथानक चलचित्रको कथामा दिइएको छ । विहिबार नै क्यान्समा यो फिल्मको प्रदर्शन गरिएको थियो भने दर्शकहरुले गड्गडएर ताली माझ यो फिल्मको स्वागत गरेका थिए ।

बलिउडको नाममा ४ क्यान्स अवार्ड
७७ औं फ्रान्सको कान्स फिल्म समारोह बलिउडको लागि सफल रहेको बताइएको छ । फ्रान्समा भएको चलचित्र महोत्सव क्यान्समा ४ चलचित्र “सनफाल्वर्सः वेयर द फस्र्ट वन्स टु नो”, “ल सिनेफ”, र मानसी महेश्वरीको एनिमेटेड चलचित्र “बन्नीहुड” र “अल वि इमेजन यिज लाइट” समेत गरेर पुरस्किृत भएका छन् ।
एजेन्सी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार