– रिजन तिम्सिना / सचेतनामुलक सडक नाटक ‘कानुनको पालना’ मञ्चन गरिएको छ । रुपान्तरण नेपालको आयोजना तथा कनकाई नगरपालिकाको सहयोगमा हिजो आईतबार बाट कानुनको पालना नामक सडक नाटक मञ्चन गरिएको हो ।

कानुनको पालना नामक सो नाटकको निर्देशन शिक्षक डिल्लीराम चापागाईं द्वारा गरेका हुन।भने नाटक संयोजक र सहनिर्देशकको भुमिका बाल संजाल आईटि संयोजक रिजन तिम्सिनाले गरेका थिए ।

कानुनको पालना नाम राखिएको उक्त नाटकमा बाल बिबाह , लागू औषध , बाल श्रम , बाल अधिकार बारेमा सचेत गरिएको हो । नाटकको माध्यम बाट कनकाई नगरपालिकाको बालमैत्री नगर घोषणा गर्ने अभियानलाई अझ तेवा मिल्ने कुरा कनकाई नगरपालिकाका बालकल्याण अधिकारी उमानाथ ढकालले बताएका छन ।

कानुनको पालना सडक नाटकको औपचारिक उद्घाटन कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेल द्वारा गरिएको थियो भने नाटकमा एन्जल खनाल , आदित्य बुढाथोकी , हिमेश सग्रौला , अनिमेश भट्राई , सृजा प्रसाई , अम्बिका गोस्वामी , गरिमा खड्का , आरोही पोख्रेल , सम्पढा खनाल , आयुशा बस्नेत , समिक्षा लमजेल , एलिसा भित्रिकोटि लगायत बालबालिकाको अभिनय रहेको छ ।

सडक नाटकको औपचारिक उद्घाटन कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी , संघ सस्थामा आबद्ध प्रतिनिधि , बाल संजाल पदाधिकारी लगायतको उपस्थिति रहेको थियो, आयोजक संस्था रुपान्तरण नेपालका अध्यक्ष अभिषेक मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सस्थामा आबद्ध अभिषेक बुढाथोकीले गरेका थिए । सो सडक नाटक कनकाई नगरपालिका अन्तरगतका सबै वडा भित्र गरिने छन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार