शाहरुक खानको क्रिकेट टिम कोलकोता नाइट राइडर्सको ले ट्रफि जितेको छ । आइतबार भएको फाइनल खेलमा खेलाडीहरुसँग खुसी बाड्न अभिनेता शाहरुक खानको परिवार स्टेडियममै रहको प्रकाश पारिएको छ ।

शाहरुक खानले श्रीमती गौरीखानसँग अँगालो मारे । त्यसपछि छोरी सुहानासँग अँगालो मार्न भ्याए । बुवासँगको आत्मियता पछि सुहाना भावविहोर भएकी थिइन । शाहरुख खानले आफ्नो दुई छोरा अबराम र आर्यन सँगपनि अँगालो मार्न भ्याएका थिए ।

शाहरुखको मास्क
स्टेडियममा पुरै खेल हेर्न भ्याएका चलचित्र नायकले सेतो मास्क लगाएका थिए । बताइएको छ, फाइनल म्याच चल्नु केही दिन अगाडी शाहरुक खानलाई हृदयघात भएको थियो । २१ मे मा शारिरीक स्वास्थ्य विग्रना साथ उनलाई अहमदाबादको के.डी. अस्पतालमा भर्ती गरिएको थियो । त्यहाँ उनलाई २ दिन उपचार गरियो ।

अनन्या र शनाया पनि समारोहमा उपस्थित
फाइनल म्याचमा शाहरुक खानको बिजनेस पार्टनर जुही चावला पनि उपस्थित थिइन । सुहाना र सिने अभिनेत्री अन्यना पाण्डे पनि समाहित थिइन् । पिता चंकि पाण्डे पनि खेल हेर्न स्टाडियममा रहेको बताइएको छ ।

चलचित्रको प्रमोशनको लागि पुगे कलाकार
हिन्दी कथानक चलचित्र “ मिस्टर एण्ड मिसेज माही” को प्रमोशनको विषयलाई लिएर कलाकारहरु द्वय जान्हवी कपुर र राजकुमार राव स्टेडियममा प्रवेश गरेको बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार