हल्दिबारी, १६ जेठ । हल्दिबारी गाउँपालिका वडा नं. ३ मा संचालित हरिहर आई.पि.एम लहरेबाली कृषक पाठशाला समापन गरिएको छ ।

हल्दिबारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णु प्रसाद ओलिको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा १६ हप्ते आई.पि.एम पाठशालामा भाग लिएका २७ जनालाई प्रमुख अतिथि लगायत अन्य अतिथिले प्रमाण पत्र वितरण गर्नु भएको थिायो । यहि माघ १२ गते देखी संचालित कृषक पाठशालामा करेला, झिगनी र घिरौला लहरेवाली खेती, मल र विशादी सम्वन्धि ज्ञान दिइएको थियो ।

कृषि ज्ञान केन्द्र झापाको आर्थिक सहयोगमा संचालित १६ हप्ते आइ.पि.एम. लहरेबाली कृषक पाठशालाको सहजिकरण आइ.पि.एम प्रशिक्षक सत्येन्द्र कुमार कर्णले गर्नु भएको थियो । वडा कार्यालयमा आयोजना गरिएको समापन कार्यक्रमलाई प्रमुख अतिथि विष्णु प्रसाद ओली, कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट, हल्दिबारी गाउँपालिका कृषि शाखा प्रमुख छविलाल गुरुङ्ग, कार्यक्रमका अध्यक्ष राजेन्द्र कुमार ओली, पाठशालामा सहभागी मित्रलाल लिम्बु लगायतले मन्तव्य राख्नु भएको थियो ।

उक्त समापन कार्यक्रममा वडा सचिव राजन खतिवडा, वडा सदस्य कर्ण बहादुर भण्डारी, कृषि ज्ञान केन्द्रकी अन्जु आचार्य लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रमलाई स्वागत ईश्वरा कडेलले गर्नु भएको कार्यक्रमको सहजिकरण प्रशिक्षक सत्येन्द्र कुमार कर्णले गर्नु भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार