बिर्तामोड, जेठ १८ । झापाको भद्रपुरमा शुक्रबार बिहान एक किशाेरीमाथि धारिलो हतियार प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान १०ः ३० बजे एसएस निकेतनकी विद्यार्थी भद्ररपुर-६ की श्रेया राईमाथि सोही स्थानका अभिषेक कर्णले धारिलो हतियार दाउ प्रहार गरेका थिए ।

स्कुल बसबाट ओर्लिने बित्तिकै १७ वर्षीया राईमाथि १८ वर्षीय कर्णले दाउ प्रहार गरेका थिए । अभिषेकलाई भाग्दै गर्दा प्रहरी चौकी घोडामाराले नियन्त्रणमा लिएको जनाएको छ ।

घाइते श्रेयालाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । उनको उपचार भइरहेकोमा थप उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

घाइतेको टाउको र दुबै हातमा चोट लागेको प्रहरी जनाएको छ । घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । याे खबर झापाटुडेबाट

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
2
+1
9
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार