हल्दिबारी, २० जेठ । किरात याक्थुङ्ग चुम्लुङ्ग हल्दीबारीले हल्दिबारी गाउँपालिकाले यहाँका गरिव, निमुखा, दलित उत्पिडित, जनजाती, आदिवासीहरुको हित विपरित र उनिहरुलाई व्यवस्था गरि यस कार्यलयको मनोमानि तवरबाट भएका, गरिएका कार्यक्रमहरु प्रति हाम्रो घोर आपति रहेको व्योहोरा अवगत गराउदै उक्त कुराहरुमा समेत तत्काल सम्बोधन गरियोस भन्ने उच्च आकाङ्क्षा राखि प्रस्तुत ज्ञापन पत्र बुझाएको छ ।

किरात याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष कैदि मावोले बार्षिक जनजाति आदिवासी शिर्षकमा छुट्टीदै आएको बार्षिक बजेट समेत कटौति गरी जनजातिहरुलाई अपहेलना गरेको बताउँदै आफुहरुले उठाएका मागको सम्वोधन नगरेमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । हल्दिबारी गाउँपालिका, जिल्ला प्रसासन कार्यालयलाई समेत किरात याक्थुङ्ग चुम्लुङ्गले ध्यान आकर्षण सहितको ज्ञापन पत्र बुझाएको जनाएको छ ।

हल्दिबारी गाउँपालिकालाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ः–
१ यस गा।पा बाट संघीय लोकतान्त्रीक गणतन्त्रको मुल सिद्धान्त र संघीय अवधारणको मान्यता विपरित वर्तमान सन्चालित लोकतान्त्रीक अभ्यासको मान्यता विपरित र राज्यको निदेर्शिका अनुसारको यस गाउँपालिका संन्चालन गर्ने गाउँपालिकाको निर्देशिका भन्दा बाहिर र स्थानिय जनताको उक्कत चाहाना र स्थानिय जनताको हित विपरित गरिएका कार्य र निर्णयहरु अविलम्ब बदर गरि सुधार गरियोस् ।

२ यस कार्यलबाट हल्दिबारी आधारभूत अस्पतालमा कर्मचारी नियुक्ति गर्ने कममा कार्यलय सहयोगी तथा सरसफाई कर्ता नियुक्ति गर्ने कममा यस हल्दिबारी गाउँपालिका भित्रै रहेका अनेकौ पिडित सकल महिला, बिधुवा, दलित, जनजाति, आदिवासी लगायत सबै आम महिलाहरुको भावनालाई किन्वीत बेवास्ता गरि भद्रपुर नगरपालिकाका एक महिलालाई नियुक्ती गर्नु भनेको यहाँका आम महिलाहरुको रोजीरोटी खोसिनु सरह भएको छ । तर्सथ यसरी स्थानिय बासी महिलाहरुको हित विपरित गरिएको निर्णय बदर गरि सुधार गरियोस् ।

३ यस हल्दिबारी गाउँपालिका कार्यलयको नजिकै रहेको धनुष पोखरीमा पुर्वपश्चिम र दक्षिणमा सिडीको व्यवस्था गरि ऐतिहासिक पुरातात्वीक तथा पर्यटकीय क्षेत्र रहेको हुदा उक्त स्थान प्रति ध्यान आकर्शण गरियोस् ।

४ यस गा।पा परिसर भित्रका बाटाहरुमा स्थान बुद्धि गरि सडक निमार्ण गरियोस् ।

५ यो देश ४ जात ३६ वर्णको साझा फूलबारी हो भने र हाम्रो राष्ट्रिय गानाको मूलभाव अनुषार सयौ चुङगा फूलका हामी एउटैमाला नेपालि हौ भने, सबै जातजाति भाषाभाषि र मठ मन्दिर माङहिम, गुम्बा, चर्च लगायत सबै लाई सम्बोधन हुने गरि सम्मान रुपमा सबैको संरक्षर र सर्वधन गर्दै सम्मान रुपमा एक रुपतामा ल्याई विकाश निमार्ण गरियोस् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार