बनियानी । झापाको कचनकवल गाउँपालिका वडा नं. ७ साविक बालुबाडीमा रहेको पाथिभरा सामुदायिक बनमा समितिले १९ सय ६ क्युवि सखुवाको काठ अनियमितता गरी बेच विखन गरिएको पाइए पछि उनिहरु उपर अनुसन्धान सुरु गरिएको डिभिजन बन कार्यालय स्रोतले जानकारी दिएको छ ।

बन समितिको साधारण सभामा लेखा परिक्षकको प्रतिवेदनमा उक्त काठको विवरण उल्लेख नभए पछी साधारण सभाले चित्रसेन राईको संयोजकतामा ६ सदस्य छानविन समिति गठन गरिएको थियो । उक्त समितिको प्रतिवेदन अनुसार पाथिभरा सामुदायिक बनका अध्यक्ष देवी लुवा, सचिव टिका उप्रेती खरेल, सह–सचिव सकुन्तला पोखरेल, कोषाध्यक्ष श्यामलाल राजवंशी, काठ बिक्रि संयोजक राम मोहन राजवंशी र कार्यसमिति सदस्यहरु सुरेन्द्र थेवे र हिमाल दाहाललाई डिभिजन बन कार्यालय झापाले नियन्त्रणमा लिएर ६ दिन सम्म अनुसन्धान गरि छोडिएको स्थानियहरुले बताएका छन् ।

४२९।३२ हेक्टरमा फैलिएको जलथल जंगल अन्र्तगत तेस्रो ठुलो सामुदायिक बनमा बन समिति र बन कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा करिब ४ं० लाख मुल्य बराबरको काठ हिनामिना गरिएको पाइएको छानबिन समितिका एक सदस्यले बताएका छन् ।

डिभिजन बन कार्यालयले गत भदौमा हावाहुरीबाट लडेका ४०६ क्युवि काठ बनबाट उपभोक्ताको लागि निकाल्ने अनुमति दिएकोमा बनका कर्मचारी र समितिको मिलेमतोमा भवन निमार्णको नाममा अनियमितता गरिएको थियो भने यहि माघ महिनामा पनि समितिका अध्यक्ष लगायत बनका कर्मचारीको मिलेमतोमा कटान आदेश भन्दा बढी करिब १५०० क्युवि काठ निकाली अपचलन गरेको छानबिन समितिले जनाएको छ । यति ठुलो मात्राको काठ बेचबिखन गरि बनको नोक्सानी पुर्याउनेलाई डिभिजन बन कार्यालयले राजनैतिक दवावका कारण छोडेको आसंका गरिएको छ ।

बन भित्रबाट समिति र बन कर्मचारीको आदेश अनुसार कटान गरि ल्याउने भुपाल राईले नै काठमा अनियमितता भएको जाहेरी दिए पछि उनलाई समेत डिभिजन बन कार्यालयले हिरासतमा लिई अनुसन्धान पछि छोडिएको डिभिजन बन कार्यालय स्रोतले जनाएको छ । स्रोतले हल्दिबारी डटकम संग कुराकानी गर्दै भनेको छ दोसी देखिएकोलाई कानुनि कार्यवाही गर्न सरकारी वकिल मार्फत कार्यवाही अगाडी बढाएको र एक दुई दिन भित्रमा मुद्दा दायर हुने छ । स्राेतका अनुसार छानबिन समितिले दिएकाे प्रतिवेनका अनुसार डिभिजन बन कार्यालयले आफ्ना कर्मचारी उपर पनि अनुसन्धान गरि रहेकाे र दाेसी भए कार्यवाही गर्ने जनाएकाे छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार