मानिसको आत्म परिवर्तन ल्याउन गाह्रो हुन्छ । मानिसको दैनिकी अनुसार उसको सोच हुन्छ । मानिस काहिँ कार्यालयमा जानुपर्ने होला । उसको व्यवहार, दैनिकी र जीवनशैली अनुसार उसको सहानुभूती हुन्छ ।
आत्म परिवर्तन भनेको त्यसै गाह्रो कुरा हो । राजनीतिक, सांस्कृतिक, सामाजिक, धार्मिक, भौगोलिक के कारणले मानिसलाई अर्धचेतन मनमा राखेको छ । कुन कुरामा उसलाई ज्ञान छैन । किन यस किसिमको सोचमा उ अग्रसर हुँदैन । किन मानिस ज्ञानी बन्न सक्दैन ?
मानिस लान्छित हुन्छ । न्यून मजबुरीमा अडकिएको मानव जिवन आलोचित हुनु परेको छ । जीवनमा पारंगत भइदिँदा लान्छना लागेको पक्कै होइन । तर सदा सर्वदा काममा ध्यान हुँदा हुँदै बुद्विमतता नहुँदा आलोचित हुन पुगेको हो भने उ दिर्घजीवि वन्नै पर्छ आख्यानमा । कथा, काव्य, जीवनी , लेखन, धार्मिक, माक्र्सवादी पुस्तक सवै एक प्रकारको शाहित्यलाई गतिशिल दिने सामाग्री नै हुन् ।
जब मानिस कथा पढ्छ प्रसंगका कारण सात्विक जिवन कथामय हो भन्ने जानिफकार उ भइदिन्छ । काव्य पढ्न महिनौं लाग्दा उसको दैनिकी गाह्रो भएको महशुस उसले गर्छ । हरेक पाठको अंश छुटाएर प्रमुख शिर्षक र अनुच्छेदका महत्वपूर्ण अंश समेटन उसलाई महिनौं लाग्छ । लेखन मानिसको धर्म हो । धार्मिक कितावको अनुसरणले अज्ञानीलाई चिन्तनको माहोल बनाएकै हुन्छ भने माक्र्सवादले धर्म सापेक्ष र वैज्ञानिक समाजवाद र ऐतिहासिक समाजवादको तजविजी हामीलाई पस्कन्छ ।
जसरी यी खुराकहरु एक विद्यार्थीको माझ आउन थाल्दछ । मानिसको संज्ञानात्मक ज्ञानमा पनि परिवर्तन हुन्छ । मानिसको अचेतन मनमा कुनै आवाजको चक्करमा आवेग तथा प्रवेगको स्थानान्तरण हुनेमा म ढुक्क छु ।
जीवन एक संघर्ष हो । मानिस सानो जागीर खावोस वा सानो काम गरोस उ संघर्ष नै गर्नुपर्छ । त्यहाँ काम सिक्दाका वखत होस वा जान्ने भएपछि सवैले आरोह र अवरोह भोग्नै पर्छ । एक पसलेले सामानको उचित मूल्य राखे जस्तै एक मिस्त्रिले आफ्नो औजार चलाउने अवसर प्राप्त गरेको हुनुपर्छ ।
त्यसो त एक विद्यार्थीले नै आफ्नो भविष्य के हुने हो निर्धारण गर्दछ । यस मानेमा उ दोषी देखियो र जीवन उसले भने बमोजिम नचल्दा उ अवसादको शिकार पनि भएका प्रशस्त उदाहरण हामीसँग समाजमा नभएका होइनन् ।
जीवनमा घटेका तिक्ततालाई सामान्य मानि आत्मसहानुभूति राख्ने हो भने हामी अविसादका कारण विचलिन पर्दैन ।
आत्म परिवर्तन खानपानका कारण पनि हुने विश्लेषण खोजकर्ताहरु गर्दछन् । सही मात्रामा पोषण मिलेका खानेकुरा अन्न दाल, गेडागुडी, ओखर, फलफुल, माछा, मासुको दिनैपिच्छेको सन्तुलनले मानव जीवनलाई भरिपूर्णता तर्फ लाग्दछ । रोग हुनु भन्दा नहुनु निको भनेझैं सवै रोगको उपचार सन्तुलित आहार र पोषणको सहि मात्राले मानिसलाई दिन्छ ।