हल्दिवारी ।  इलामको  चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लारूम्बा ईलामबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको  र जिपमा सवारमध्ये दुईजना मृत अवस्थामा   भेटिएको इलामका प्रहरी  प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

बोलेरो जिप खोलाले बगाएको ठाउँभन्दा केही तल एकजना बच्चा र महिलाको शव प्रहरीले भेटाएको छ भने उनीहरूको पहिचान खुलि नसकेको  ढकालले जानकारी दिए।  प्रहरी पुगेर घटनास्थलमा उद्धार र अनुसन्धान थालेक छ भने  उक्त जिपमा चालकसहित ६ जना यात्रु सवार रहेकोमा ४ जनाको उद्धार गरिएको प्रमुख  एसपी ढकालले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
1
+1
3
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार