जनक राजवंशी / झापा, जेठ २२ । झापाको हातेमालाे सामुदायिक बन उपभाेक्ता समुहकाे निचाझोडा सिमसारमा विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम भएको छ । नेपाली सेना अरिदमन गण चारआली ब्यारेकको आयोजनामा एकीकृत अभ्यास मनसुन–४ कार्यक्रममा जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाइटी झापाको सहकार्यमा विपद ब्यवस्थापन सम्वन्धि नमुना अभ्यास कार्यक्रम भएको थियो ।

मेचीनगर नगरपालिका वडा नं. १३ र १४ मा रहेको निचाझोडा सिमसार क्षेत्रमा विपद व्यवस्थापन सम्बन्धी बृहत नमुना अभ्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्ताेला र नेपाल रेडक्रस सोसाईटी झापा जिल्ला सभापती लोकराज ढकालले विपदमा कसरी काम गरि रहेको र बर्षा लागे संगै हुन सक्ने जोखिममा कसरि उद्धार गरिन्छ भन्ने कुरा महत्वपुर्ण रहेको बताउनु भएको थियो ।

विपद पश्चात खोज उद्धार पुनस्र्थापनामा जनसमुदायलाई विपद सम्वन्धि जनचेताना फैलाउने उदेश्यले उक्त नमुना अभ्यासको आयोजना गरिएको गणका प्रमुख सेनानि प्राजु बस्न्यातले जानकारी दिनु भएको थियो ।

उक्त नमुना अभ्यास कार्यक्रममा विपद पश्चात खोजी तथा उद्धार सम्बन्धी तीनवटा प्रदर्शन र नेपाल रेडक्रस सोसाइटी झापा शाखाले घाइतेहरुको उपचार र राहत वितरण सम्बन्धी प्रदर्शन गरेको थियो ।

विपद व्यवस्थापन समिति झापाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आयोजित कार्यक्रममा भद्रपुर नगर पालिकाका मेयर गणेश पोखरेल २१ नं. बाहिनीका बाहिनीपति सहायक रथी युवधीरमान सिंह अधिकारी, अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यात, सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, लगायतको उपस्थिति थियो ।

गणको आयोजनामा अभ्यास कार्यक्रमपश्चात गणले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा धुपीलगायत फलफूलका विरुवा रोपिएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार