झापा । स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम तर्जुमाको लागि गाउँ/ नगर सभा आयोजना गर्ने मिति नजिकिदै जाँदा नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल झापाले सहभागितामुलक बजेट तर्जुमाका लागि सचेतना तथा खवरदारी अभियान संचालन गर्ने घोषणा गरेको छ ।

स्थानीय तहको बजेट तर्जुमा प्रकृयाको बारेमा कार्यकर्ताहरुलाई अभिमुखिकरण गर्ने उदेश्यले आज जेठ २२ गते राष्ट्रिय युवा संघ नेपाल झापाले विर्तामोडमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै संघका स्थायी कमिटी सदस्य सागर पोर्तेलले झापाका स्थानीय तहले स्थानीय सरकार संचालन ऐन, २०७४ विपरीत बजेट तर्जुमा गरिरहेको आरोप लगाएका छन् । बजेट तर्जुमाको तेस्रो चरणमा टोल तथा बस्ती स्तरको योजना तर्जुमा गोष्ठी आयोजना गर्नु पर्ने र टोल, बस्तीबाट माग भइ आएका आयोजना तथा कार्यक्रमहरुलाई प्राथमिकताका सुचकहरु निर्धारण गरी बजेट विनियोजन गर्नुपर्ने कानुनी व्यवस्था रहेको तर स्थानीय तहले केहि जनप्रतिनिधिहरुको मिलेमतोमा बजेट तर्जुमा गर्ने गरेकोले स्थानीय जनप्रतिनिधि र नागरिकहरुको बीचमा दुरी बढ्दै गएको र  यो क्रमले संघीय व्यवस्था, लोकतन्त्र र दलिय व्यवस्था माथी असर गर्ने भएकोले सो को रक्षा गर्नका लागि राष्ट्रिय युवा संघ नेपाल झापाले सचेतना र खवरदारी अभियान संचालन गर्ने स्थायी कमिटी सदस्य पोर्तेलले बताए ।

राष्ट्रिय युवा संघ नेपाल झापाको प्रशिक्षण विभागले आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रममा विभागका प्रमुख उमेश मिश्रको अध्यक्षता र संघका स्थायी कमिटी सदस्य सागर पोर्तेलको प्रमुख आतिथ्यता रहेको थियो भने संघका स्थायी कमिटी सदस्य निशा लिम्बु, केन्द्रीय सदस्य खगेन्द्रराज आङ्दाङ्वे लगायतले मन्तव्य राखेका थिए । स्थानीय विकासका विज्ञहरु विजय तिम्सिना र सोमनाथ पोर्तेलले सहजिकरण गरेकाे उक्त कार्यक्रमको संचालन संघका जिल्ला सचिवालय सदस्य सरोज मेहेराले गरेका थिए भने संघका जिल्ला सचिवालय सदस्य डिल्लीराम पोखेलले स्वागत गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार