नेत्र बिक्रम बिमली / झापा । बुद्धशान्ती गाउँपालिकामा पहिलो त्रैमासिकमा ५४१७, दोस्रो त्रैमासिकमा ५५६२ र तेस्रो त्रैमासिकमा ५६९३ जनाले सामाजिक सुरक्षा भत्ता लिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिनोद पोखरेलले दिनुभएको जानकारी अनुसार चालू आर्थिक बर्ष २०८०/०८१ को तेस्रो त्रैमासिक सम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ५ हजार ६ सय ९३ पुगेको छ । उहाँका अनुसार यो संख्या प्रत्येक चौमासिकमा सय भन्दा बढिले बढदै गएको छ ।

नेपाल सरकारले प्रदान गर्ने ८ वटा कलस्टरमा पुरुष र महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएको पोखरेलले जानकारी दिनुभयो ।

बुद्ध शान्ति गाउँपालिकाका ७ वटा वडाबाट पहिचान गरि पठाएका जेष्ठ नागरिक ,जेष्ठ दलीत ,एकल महिला ,विधवा ,पुर्ण अपांगता ,अति अशक्त र अपांगता ,दलित बालबालिका र लोपोन्मुख समुदायलाई नेपाल सरकारले तोके बमोजिमको सामाजिक सुरक्षा भत्ता पालिकाले प्रत्येक ३र३ महिनामा बैक मार्फत उनिहरुकै खातामा हालिदिने गरेको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिनु भयो ।

पालिकाले उपलब्ध गराएको विवरण अनुसार ३५ सय जेष्ठ नागरिकले मासिक ४ हजारकादरले जेष्ठ नागरिक भत्ता पाउने गरेका छ्न ।

त्यस्तै ६० देखि ६८ उमेर समुहका जेष्ठ दलित २४९ जनाले मासिक २३६० जेष्ठ दलित भत्ता प्राप्त गर्ने गरेको उपलब्ध विवरणमा जनाइएको छ ।

त्यसैगरी ३४९ जना एकल महिला र ६५९ जना विधवा महिलालाई मासिक २६६० का दरले भत्ता उपलब्ध गराउदै आएको छ भने ११२ जना पुर्ण अपांगता भएकाले समेत मासिक ३९९० का दरले अपांगता भत्ता प्राप्त गरिरहेका छ्न । त्यस्तै अति अशक्त अपांगता भएका २७२ जनाले मासिक २१२८ रुपैयाँ भत्ता प्राप्त गरिरहेको उल्लेख छ ।

त्यसैगरी दलित बालबालिका ३५७ जनाले मासिक ५३२ रुपैयाँका दरले भत्ता पाउने गरेका छ्न भने लोपोन्मुख जातिका २०५ जनाले मासिक ३९९० रुपैयाँ का दरले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ ।

बुद्धशान्ति गाउँपालिकामा मात्र बार्षिक सामाजिक सुरक्षा भत्ता मार्फत २२ करोड भन्दा बढी खर्च हुने गरेको पालिकाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार