बिश्व बाताबरण दिवसको अवसरमा ईकोम बालक्लबले बृक्षा रोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोड २ मा रहेको ईकोम स्कुल अफ एक्सिलेन्टमा रहेको बाल क्लबले झापाको बाह्रदशी गाउँपालिका स्थित साधुकुट्टी गौरीशंकर शिवालय मन्दिर परिसरमा आज एक कार्यक्रमको आयोजना गरि बृक्षारोपण गरिएको बिद्यालयकि प्रधानाध्यापक प्रमिला बजगाईले जानकारी दिइन् ।

बाल क्लब अध्यक्ष दीक्षा राजबंशीको अध्यक्षता रहेको कार्यक्रममा शिक्षिका गोमा भण्डारी ओझाले कार्यक्रमका बारेमा प्रकाश पारेकी थिइन् ।

‘हाम्रो भूमि, हाम्रो भविष्य’भन्ने मुल नाराका साथ क्लबले फलफुल , फुल लगायतका ५० वटा बिरुवा रोपिएको बताईएको छ ।

मन्दिर ब्यबस्थापन समिति अध्यक्ष ज्ञान प्रसाद सुबेदीले बाल क्लबले बाताबरण संरक्षण तथा धार्मिम पर्यटकिय क्षेत्रको बिकास र प्रबर्द्धनमा देखाएको चासो लाई धन्यवाद दिएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
2
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार