जनक राजव‌ंशी/हल्दीबारी, २३ जेठ ।। हल्दिबारी गाउँपालिका वडा नं. २ ले ३० परिवारका १५० जनालाई निशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ।

वडामा रहेका अपाङ्ग, अति विपन्न र दलित परिवारलाई वडाको सिलिङ्ग बजेट मार्फत निशुल्क स्वास्थ्य बिमा गरिदिएको वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी दिनु भयो । वडा अध्यक्ष राजवंशी सहित वडा सदस्यहरु रचना कुलुङ्ग राई, अम्विका तोलाङ्गी, विष्णु राई, गणेश मगर सहितको जनप्रतिनिधिहरुको टिमले स्वास्थ्य बिमा कार्ड उनिहरुकै घर घरमा पुगेर हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य उपचारमा स्वास्थ्य बिमा भए पछी उनिहरुलाई राहत पुग्ने वडाले विश्वास लिएको छ । जनमुखि काम गर्दै आएको वडा नं. २ ले टोल टोलमा वाईफाई जडान, सडक बत्ति जडान, निशुल्क एम्बुलेन्स सेवा, कृषकका लागि कृषि सामाग्रि वितरण लगाएत आन्मनिर्भताका लागि विभिन्न किसिमका तालिमहरु समेत गर्दै आएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
4
+1
4
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार