हल्दिवारी, २४ जेठ । हल्दीवारी गाउँपालिका वडा न ४ को आयोजनामा कृस्टल माला , पोते बनाउने तालीमको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वडा अध्यक्ष सन्तकुमार थापाले गर्नु भएको छ ।

वडा स्तरीय समावेशी बिकास समितिको आयोजनामा आज जेठ २४ देखी शुरु भएको तालिम जेठ ३१ सम्म संचालन हुने छ ।

वडाको समावेशी बिकास समिति मार्फत छुट्याएको सिलिङ्ग बजेट मार्फत उक्त तालिममा १० जनाले भाग लिएका छ्न ।

तालीम उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि वडा अध्यक्ष सन्त कुमार थापा , कार्यक्रमकि अध्यक्ष वडा सदस्य एवं समाबेसी बिकास समिति संयोजक सान्ता देवी गहतराज ,वडा सदस्य सुरेन्द्र बारकोटी , जलथल स्वास्थ्य चौकी प्रमुख माधव प्रसाद यादव ,महिला नेत्री सरस्वती चम्लागाई लगायतले तालिमको आवस्यकता ,औचित्य र आत्मनिर्भर हुने कुरामा जोड दिदै आ – आफ्नो कुरा राख्नु भएको छ । वडा सचिव जय प्रसाद पोखरेलले सहजीकरण गरेको तालिममा कुमारी चेम्जोङ्ग राइले प्रशिक्षण दिने वडा कार्यालयले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार