हल्दिबारी, २४ जेठ । हल्दीबारी गाउँपालिका वडा नं. ५ ले ६१ परिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । वडा नं. ५ का अध्यक्ष खड्ग लावतीका अनुसार अति विपन्न दलित र अपाङ्ग परिवारका ३०५ जनाको वडाको सिलिङ्ग बजेटबाट स्वास्थ्य बिमा गरिदिएको हो ।

त्यसै गरि वडाले कृषकहरुको लागि सिचाईको मोटर र चाप कटर समेत बितरण गरेको छ । वडा नं. ५ का वडा सचिव भजन संग्रौलाका अनुसार १६ जना किसानलाई २ हर्ज पावरको मोटर र ४ जना किसानलाई चाप कटर वडा र किसानको साझेदारीमा खरिद गरि बितरण गरेको छ । त्यस्तै महिला दिदी बहिनीहरुलाई आत्म निर्भर बनाउन शिलाई कटिङ्ग तालिम एवं क्रिस्टल माला, पोते बनाउने तालिम समेत संचालन गरिरहेको जनाईएको छ ।

वडामा भएका पुर्वाधारका कामहरु सम्पन्न गरिसकेको वडाले बजेट अभावका कारण जनताले चाहे जति काम गर्न नसेको जनप्रतिनिधिहरुले गुनासो गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार