कविता: “सपना”

एकदिन हेलिकप्टर चढे
साथमा बा पनि हुनुहुन्थ्यो
पाइलटलाई पिसाबले च्याप्यो
बाले तुरुन्तै पालो दिनु भयो
पाइलट पिसाब फेर्न तुरुन्तै जानु भो!

जब हेलिकप्टर चलाउनु भो पाइलटले
तुरुन्तै हेलिकप्टर आकाशियो
पाँच हजार फिट माथि पुग्यो
एक्कासि हेलिकप्टर तल भुइँमा नदीमा खस्यो
बा र म पाँच किलोमीटर सम्म बग्दै गयौं
बा झिङ्गे माछो माथि चढेर नदी तर्नु भो
बुरुक्क उफ्रेर बा चियाबारीमा पुग्नु भो
विचरा बा भोकले चियाका बोट खान लाग्नु भो
म पनि के कम उफ्रेर जमिनमा पुगे
तुरुन्तै झल्यास्स म बिउँझिए !
म त आमाको काखमा सुतेको रहेछु
बाले आमालाई सबै दुर्घटनाको कहानी भन्दै हुनुहुदो रैछ
आखिर सपना नै पो त रहेछ!

राजकुमार कार्की

धन्यवाद।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार