नेत्र बिक्रम बिमली । झापा , २५ जेठ । झापाको बुद्धशान्ती गाउँपालिकामा चालु आर्थिक बर्ष २०८०/०८१ को श्रावण १ गतेबाट बैशाख ३० गते सम्म १८९२ जनाले व्यक्तिगत घटना दर्ता गरेको सामाजिक सुरक्षा तथा पञ्जीकरण ईकाइले जनाएको छ ।

गाउँपालिकाबाट प्राप्त बिवरण अनुसार यस अवधिमा सम्वन्ध विच्छेद गर्नेको संख्या अघिल्लो बर्षको तुलनामा बढेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिनोद पोखरेलका अनुसार अदालतबाट सम्वन्ध विच्छेद गरि बुद्धशान्तीका ७ वटा वडाबाट सम्वन्ध विच्छेदको प्रमाण पत्र लिनेको संख्या ७५ पुगेको छ। जस अनुसार वडा नं. १ मा ११ जना, वडा नं. २ मा १० जना, ३ मा २०, जना, ४ मा २२ जाना, ५ मा ४ जना, ६ मा ५ जना र वडा नं. ७ मा ३ जोडीले सम्वन्ध विच्छेद गरेका छन् ।

त्यसैगरि यहि अवधिमा ३९३ जोडीले बिबाह दर्ता प्रमाणपत्र लिएका छ्न । जनस अनुसार वडा नं १ मा ६७, २ मा ६३, ३ मा ८३ , ४ मा ११२, ५ मा ३३, ६ मा २२ र ७ नं. वडा १३ जनाले विवाह गरेको अभिलेखले देखाउछ ।

त्यस्तै सोही अवधिमा ३१० जनाको मृत्यु भएको अभिलेखमा उल्लेख छ । जस अनुसार मृत्यु हुनेमा वडा नं. १ मा ७०, २ मा ४९, ३ मा ६२, ४ मा ७७, ५ मा २१, ६ मा १९ र वडा नं. ७ मा १२ रहेको छ । त्यस्तै सोहि अवधीमा ७८५ जनाले जन्म दर्ता प्रमाण पत्र लिएका छन् जस अनुसार वडा नं. १ मा १२१, २ मा १२१, ३ मा १७३, ४ मा २२०, ५ मा ६६, ६ मा ४४ र वडा नं. ७ मा ३९ रहेको छ ।

त्यस्तै सोहि अवधीमा बसाई सराई गर्नेको संख्या १०५५ रहेको छ भने बसाईसराइ गरि जानेको परिवार ११९ छन भने अन्यत्र बाट बुद्धशान्तीमा आउने २१० परिवार रहेको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिनु भयो । जस अनुसार वडा नं. १ मा २२ परिवार अन्यत्र गएका छन भने ४७ परिवार आएका छन त्यस्तै २ मा जानेको संख्या २१ जानेको ६३, ३ मा जाने २१ आउने ७४, ४ मा ३७ आउने ४०, ५ मा जाने १० आउने २०, ६ मा जाने ४ आउने १४ र ७ मा जाने ४ परिवार आउने १२ परिवार रहेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार