हल्दिवारी । वर्षादको समयमा दाहसंस्कार गर्न निकै कठिनाइको सामना गरिरहेका हल्दिवारी ३, ४ र ५ का बासिन्दाले आगामी दिनमा राहत पाउने भएका छन् ।

हल्दिवारी ३ स्थित रङ्गेडाडा देउनिया खोलामा निर्माणधीन आर्यघाटको निर्माण सम्पन्न भएपश्चात स्थानीयले दाहसंस्कार कर्म गर्दा केही राहत पाउने भएका हुन् ।

पर्यटन ,वन तथा वातावरण मन्त्रालय कोसी प्रदेश मार्फत २४ लाख रकम चालु आर्थिक वर्षमा निकासा भएपछि तीव्र गतिमा निर्माण भइरहेको आर्यघाटका लागि प्रदेश सभा सदस्य छविलाल चुडालको देन रहेको उपभोक्ता समितिका पदाधिकारी बताउँछन् ।

प्रदेश सभा सदस्य चुडालले सामाजिक उत्तरदायित्व अन्र्तगत २४ लाख निकाशा गराएका छन् भने देउनिया खोला मलामी घाट निर्माण समिति मार्फत उपभोक्ताको २ लाख ७४ हजार २४४ रुपैया गरी २६ लाख ७५ हजार २४४ रूपैयामा घाट निर्माणको काम धमाधम गरिएको समितिका सचिव अर्जुनप्रसाद गिरीले जानकारी दिए ।
सचिव गिरीका अनुसार घाट निर्माण सम्पन्न भएपछि हल्दिवारी गाउँपालिका ३,४ र ५ साविक जलथल गाविसका बासिन्दालाई दाहसंस्कारमा सहज हुने बताएका छन् ।

केही वर्ष अगाडि हल्दीवारी –२ देउनिया खोलामा बनाइएको आर्यघाट अलपत्र अवस्थामा रहेको छ । तर स्थानीय घाट निर्माण पूरा नभइ अधुरो रहेको कारण प्रयोगमा आउन नसकेको बताउछन् ।
हल्दिवारीमा व्यवस्थित आर्यघाट नहुदा बर्खाको समयमा समस्या परिरहेको अवस्थामा स्थानीय बासिन्दा समेत रहेका प्रदेश सभा सदस्य चुडालको पहलमा बनिरहेको घाट असार २० सम्ममा तयार गरिसकेर हस्तान्तरण गर्ने गरि काम गरिरहेको उपभोक्ता समिति सचिव गिरीले जनाउछन् ।

आर्यघाट निर्माण भईरहेको स्थानमा गएर हेर्दा निकै राम्रोसग काम गरिरहेको देख्न सकिन्छ । घाट निर्माण स्थलको अनुगमनमा पुगेका प्रदेश सभा सदस्य चुडालले समेत उपभोक्ताको कामको प्रसंशा गर्दै खुसी व्यक्त गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार