हल्दीबारी गाउँपालिका स्तरीय बाल संजाल सचिव दिपिका कार्कीले आफ्नो जिम्मेवारी बाट राजिनामा दिइएकी छिन।

आफू बाल संजाल स्थापना भएको मिति देखि नै क्रियाशिल रहेर बालबालिका र बाल अधिकारलाई दुरुपयोग गर्ने कोण बाट कहिले अगाडि नबढेको बताउदै राजीनामा दिइएको एक स्रोतले बताएको छ ।

मेरो कार्यकाल अन्तर्गत मैले समाजमा सकेको राम्रो काम गरे र नराम्रा कामहरु पनि नगरेको कार्कीले जानकारी दिइन।आफ्नो अध्ययन र कार्य व्यस्तताले गर्दा उक्त जिम्मेवारीहरु बाट राजीनामा दिएको सम्पूर्णमा जानकारी गराइएको ऊनीले सार्वजनिक गरेको पत्रमा उल्लेख छ ।

उनीलाई गाउँपालिका स्तरीय बाल संजालको सचिव र हल्दिबारी वडा नं-३ को बाल कल्बको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
5
+1
3
+1
27
+1
0
+1
0
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार