हल्दिबारी, २७ जेठ । राष्ट्रिय युवा संघ नेपाल, हल्दीबारी गाउँ कमिटीको अगुवाइमा हल्दीबारी गाउँपालिकाको १५ औं गाउँ सभाले गरेको निर्णय वमोजिम नागरिकहरुलाई १० हजार लिटरसम्म निशुल्क खानेपानी उपलब्ध गराउने निर्णय तत्काल कार्यान्वयन गर्न खबरदारी गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल झापाको स्थानीय तहको सहभागितामुलक बजेट तर्जुमाका लागि सचेतना तथा खबरदारी अभियान अन्तर्गत आज जेठ(२७ हल्दीबारी गाउँपालिका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै बजेट तर्जुमा गर्नु अघि टोल स्तरिय योजना तर्जुमा गोष्ठी आयोजना गर्न, बजेट तर्जुमाका ७ वटा चरणहरु पालना गर्न, स्थानीय सरकार संचालन ऐन, २०७४ को पूर्ण रुपमा परिपालना गर्न, १० हजार लिटर निशुल्क खानेपानी वितरणको निर्णय कार्यान्वयन गर्न, भेलागढी पार्कमा अवैध रुपमा भइरहेको गिट्टी, बालुवा उत्खननको कार्य बन्द गर्न ध्यानाकर्षण पत्र मार्फत खवरदारी गरेको छ ।

खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय स्थायी कमिटी सदस्य सागर पोर्तेलले पालिकाले योजनाबद्ध विकासको प्रकृया अवलम्बन गर्न नसक्दा गाउँपालिकाको नीति कार्यक्रम एकातिर र बजेट अर्कोतिर हुन गई नागरिकहरुले सास्ती पाइरहेको आरोप लगाए ।

राष्ट्रिय युवा संघ नेपाल हल्दीबारी गाउँ कमिटी अध्यक्ष सर्वधन तामाङद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय स्थायी कमिटी सदस्य सागर पोर्तेल, नेकपा एमाले कोशी प्रदेश सल्लाहकार सदस्य मोहनचन्द्र रेग्मीले संयुक्त रुपमा गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनलाई हस्तान्तरण गरेका थिए भने कार्यक्रम संचालन नेकपा एमाले हल्दीबारीका सचिव हरिकृष्ण अधिकारीले गरेका थिए ।

उक्त कार्यक्रमका सहभागीहरुले विधिको शासन पालना गर, सहभागीतामुलक र समावेशी बजेट तर्जुमा गर, बजेट तर्जुमा अघि टोल स्तरीय योजना तर्जुमा गोष्ठी आयोजना गर, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार