हल्दिवारी । हल्दीवारी गाउँपालिका वडा नम्बर १ ले ६४ परिवारको निशुल्क स्वास्थ्य बिमा गरेको छ । आज सोमबार वडा नम्बर १ को कार्यालयमा आयोजित कार्यक्रममा उनिहरुलाई बिमा काड बितरण गरिएको थियोे ।

वडाको सिलिङ बजेट २ लाख २४ हजार मार्फत सन्थाल, थारु, दलित, आदिवासी, जनजाति र विपन्न परिवारका ३२० जनाको स्वास्थ्य बिमा गरिदिएको कार्यक्रममा वडा अध्यक्ष देवी बहादुर थापाले बताउनुभयो ।

साविक सिङ्गो गोलधाप गाविस रहेको वडा नम्बर एकमा ८४६८ रहेको छ भने वडा पिछडिएका बर्ग अन्तरगत सन्थाल , थारु, दलित, आदिवासी, जनजाती र अति विपन्न परिवारको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उदेश्यले स्वास्थ्य बिमा गरिएको अध्यक्ष थापाकाे भनाइ रहेकाे थियाे ।

अध्यक्ष थापाका अनुसार सन्थाल समुदायका ११ परिवार , थारु समुदायका ११ परिवार, दलित समुदायका १४ परिवार , आदिवासी जनजाति समुदायका १४ परिवार र अति विपन्न १४ परिवारका ३२० जनाको स्वास्थ्य बिमा गरिएको हो ।

स्वास्थ्य बिमा कार्ड बितरण कार्यक्रमलाई वडा अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष देवी बहादुर थापा, वडा नम्बर २ का वडा अध्यक्ष शुकलाल राजवंशी ,स्वास्थ्य चौकी गोलधापका प्रमुख बाल कुमार श्रेष्ठ लगायतले स्वास्थ्य बिमाकाे औचित्य माथि आ आफ्नाे भनाइ राख्नु भएकाे कार्यक्रममा कार्यपालिका सदस्यहरु शान्ता सिवाकोटी ,सुस्मा महरा ,रुपा रसाइली र वडा सदस्य कुलबहादुर वान्तवा लगायत संचारकर्मीहरुको उपस्थित रहेको थियोे ।

उक्त कार्यक्रमलाई स्वागत वडा सदस्य प्रकाश कार्कीले गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण वडा सचीव तुलसा खत्रीको रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार