हल्दीबारी गाउँपालिकाको आर्थिक सहयोग एवं संयुक्त महिला आवाज नेपालको सहकार्यमा नौमति बाजा बजाउने तालिम सम्पन्न भएको छ । वडा नं. १ को कार्यालयमा यहि जेठ १३ गते देखी संचालन भएको तालिम जेठ २८ गते सोमबार सम्म संचालन रहेको थियो ।

हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथित्यता एवं संयुक्त महिला आवाज नेपाल हल्दीबारीकी अध्यक्ष शान्तादेवी शिवाकोटीको अध्यक्षतामा १५ दिन नौमति बाजा बजाउने तालिमको समापन कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा तालिमका प्रशिक्षकलाई कदर पत्र एवं सहभागिहरुलाई प्रमाण पत्र प्रमुख अतिथि लगायतले वितरण गर्नु भएको थियो । समापन कार्यक्रमलाई संवाेदन गर्दै प्रमुख अतिथि लिङ्गदेनले शिप सिकेर ब्यवसायी बन्न आग्रह गर्दै गाउँपालिकाबाट हुन सक्ने सबै सहयोग पुर्याउने बचन बद्दता ब्यक्त गर्नु भएको थियो । उहाँले तालिम मात्र लिएर नबस्न आग्रह गर्दै आय आर्जनको बाटो गाउँपालिकाले देखाउनुने काम गरेको छ आफ्नो मन्तव्य मा भन्नु भएको छ । उक्त समापनमा महिला दिदी बहिनीहरुले नौमति बाजा बजाउँदा प्रमुख अतिथि लिङ्गदेन लगायत सम्पुर्ण अतिथिहरु छमछमी नाच्नु भएको थियो ।

समापन कार्यक्रमलाई वडा नं. १ का वडा अध्यक्ष देवी बहादुर थापा, २ का अध्यक्ष शुकलाल राजवंशी, कार्यपालिका सदस्य सुस्मा महरा, संयुक्त महिला आवाज नेपालकी केन्द्रीय अध्यक्ष शिखा खड्का गणेश, प्रशिक्षक राजकुमार शिवा, प्रशिक्षार्थी गिता कडरीया लगायतले मन्तव्य राख्नु भएको थियो ।

संयुक्त महिला आवाज नेपालकी उपाध्यक्ष सारदा लिङ्गदेनले स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण सचिव रेणुका राईले गरेका थिए । उक्त समापन कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष सन्त कुमार थापा, कार्यपालिका सदस्य भावना दाहाल, वडा सदस्यहरु कुल बहादुर बान्तवा, प्रकाश कार्की, रुपा रसाइली लगायतका महिला दिदी-बहिनीहरुको उपस्थिति रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार