ललितपुर । बिरामीलाई जाँच्ने नाममा यौन हिंसा गरेको आरोपमा ललितपुरको भैंसेपाटीस्थत नेपाल मेडिसिटी अस्पतालका  डा. रोहितकुमार झा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई अस्पतालबाटै पक्राउ गरेको हो । बिरामीलाई चेकजाँचका क्रममा गोप्य अंगमा हात लैजाने गरेको भन्दै बिरामीले नै उजुरी गरेपछि झालाई पक्राउ गरेको एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

प्रहरीले घटनाबारेमा अनुसन्धान भैरहेको जनाएको छ । डा. झा जनरल फिजिसियन हुन् । 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार